सुर्खेत: जाजरकोटका विभिन्न पालिकामा बसोबास गर्दै आएका भूकम्पपीडितले पुख्र्यौली थातथलो छोड्न थालेका छन्। २०८० कात्तिक १७ गते गएको विनाशकारी भूकम्पपछि सरकारले दोहोरो घर भएका परिवारलाई निजी आवास पुनर्निर्माणका लागि सहयोग नदिने निर्णय गरेपछि उनीहरू अन्यत्र बसाइ सर्न बाध्य भएका हुन्।

सुर्खेत : लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा वीरेन्द्रनगरमा कानुनी सचेतना तथा सिफारिस प्रणाली सुदृढीकरण सम्बन्धी महत्वपूर्ण छलफल कार्यक्रम सम्पन्न गरिएको छ । बिहीबार इन्सेक, फेडो, सोसेक नेपाल र जुरी नेपालको संयुक्त आयोजनामा वीरेन्द्रनगर–१ स्थित सिकाइ केन्द्रमा भएको कार्यक्रममा

सुर्खेत : संघीय सरकारले सात वर्षअघि सुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कर्णाली प्रदेशमा अन्य प्रदेशको तुलनामा अत्यन्त कमजोर देखिएको छ। अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने प्रमुख उद्देश्यसहित २०७५ मंसिर ११ गतेदेखि कार्यान्वयनमा आएको कार्यक्रम कर्णालीमा विस्तार

सुर्खेत: कर्णाली प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्री तथा कांग्रेसका नेता यज्ञबहादुर बुढाक्षेत्रीको निधन भएको छ । ७१ वर्षीय बुढाक्षेत्रीको सोमबार उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालमा निधन भएको हो । लामो समयदेखि मिर्गौला रोगबाट पीडित बुढाक्षेत्री पश्चिम सुर्खेतको बराहताल गाउँपालिका–६

सुर्खेत: तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०४८ सालमा शिलान्यास गरेको कर्णाली राजमार्गको निर्माण २०६३ सालपछि मात्रै अगाडी बढ्यो । शान्ति प्रक्रिया सुरु भएसँगै कर्णाली राजमार्गको ट्रयाक खुल्यो । १० वर्षे सशस्त्र संघर्षको अन्त्यपछि सुर्खेत हुँदै दैलेख, कालिकोट, जुम्ला र मुगुसम्म कर्णालीको

लैङ्गिक हिंसा रोकथामको कानुनी सचेतना र सिफारिस प्रणाली सुदृढीकरणमा जोड

सुर्खेत : लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा वीरेन्द्रनगरमा कानुनी सचेतना तथा सिफारिस प्रणाली सुदृढीकरण सम्बन्धी महत्वपूर्ण छलफल कार्यक्रम सम्पन्न गरिएको छ । बिहीबार इन्सेक, फेडो, सोसेक नेपाल र जुरी नेपालको संयुक्त आयोजनामा वीरेन्द्रनगर–१ स्थित सिकाइ केन्द्रमा भएको कार्यक्रममा…