गठबन्धनको सकस

   

कुलचन्द्र वाग्ले

चुनावी वातावरण क्रमशः तात्दैछ । वर्तमान संविधान जारी भएपछि हुन लागेको संघ र प्रदेशसभाको दोस्रो चुनावको लागि अब तीन महिनामात्र बाँकी छ । प्रतिस्पर्धी दलहरु आआफ्नै आन्तरिक तयारीमा जुटेका छन् । गठबन्धन गरेर चुनावी मैदानमा उत्रन खोजेका दलहरुको सकसको प्रभाव मुख्यतः चतुष्कोणीय देखिन्छ । दल, सिद्धान्त, निष्ठा र मतदाता सबैको सकस । मूलतः राजनीति र योसँग जोडिएका सबै सकसमा ।

आगामी मंसीर ४ गते एकै दिन देशभर मतदान हुनेगरी निर्धारित कार्यक्रम संघ र प्रदेश सभाको आवधिक निर्वाचनको महोत्सव हो । यो अवसर आफ्नो अनुकूल पार्न दलहरुको सक्रियता चुलिँदै जानु पनि स्वाभाविक हो ।
यति बेला चुनावको आधारभूत तयारी दलहरुबीच गठबन्धन वा तालमेलको प्रयत्नमा केन्द्रित छ । चार महिनाअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि सरकारमा आसीन दल र प्रमुख प्रतिपक्षीले सम्भव गठबन्धन बनाएका थिए । अब केही दिनपछि चुनावी गठबन्धनले निश्चित आकार पाउला ।
कसरत चलिरहेको र जोखाना हेर्न टाउको तन्काएको बेला अहिले नै गठबन्धन स्वरुपमा प्रस्टता आएको भन्न मिल्ने अवस्था छैन । ‘रात रहे अग्राख पलाए’ पुख्र्यौली उखान बीचमा टप्किन नआए गठबन्धनको अनुमानित आकारको बलियो सम्भावना चाहिँ देखिएको छ ।

केही वर्षयता सहमति, सहकार्य र एकताको भावधारामा प्रजातान्त्रिक प्रतिस्पर्धालाई अघि बढाउन खोजिएको नेपाली राजनीति थप एक श्रेणी उकालो चढेर अब गठबन्धनमा बेरिन पुगेको छ । लाग्छ, गठबन्धनको बाहुपासबाट मुक्त बहुदलीय प्रतिस्पर्धाको चरणमा पुनः पुग्न राजनीतिले अरु चक्र पार गर्नुपर्नेछ ।

चुनावी संयुक्त मोर्चा वा गठबन्धनमा बाँधिएका दलहरुलाई प्राप्त हुने मतभारले स्वान्तःसुखायको सन्तुष्टि मिल्ला ।

‘ग्यारेन्टी’ छैन । सकसको भारी पनि कम छैन । सबैभन्दा पहिले प्रतिनिधि सभा र प्रदेश सभाको भागहिस्सामा पर्ने, नपर्नेबीच उठ्ने तातो बाफको प्रतिच्छायाले गठबन्धित तटलाई कटान गर्दिनसक्छ ।

अर्को, गठबन्धनले प्रतिस्पर्धात्मक दलीय दायरालाई सञ्कुचित सकसमा पारिदिएकै छ । प्रणालीको काल्पनिकी प्रक्रियाको सुई उल्टो घुमाइ दिन्छ कि भन्ने आशंका बढाइदिएकै छ ।

गठबन्धन बनाउन तम्सिएका दलहरुलाई भागबण्डा मिलाउने सकस त छँदैछ । त्यो सकस दलीय प्रणालीकै सकस हो । पहिचान लुप्त बन्दै गएको सिद्धान्तमा थपिने पथभ्रष्टता खप्टिने सकस हुँदै हो । सरकारको नेतृत्वमा रहेको नेपाली काँग्रेसलाई सकस । प्रतिपक्षी एमालेलाई थप मानसिक सकस ।

स्थानीय तहमा गठबन्धनको उपलब्धि पाएको नेकपा ९माओवादी केन्द्र० र जन्मदै दुईपात भनेजस्तो फुर्ति देखाउने नेकपा ९एकीकृत समाजवादी०ले कुम्ल्याएको धनधान्यको रास नेपाली कांग्रेसले धोका दिएर पाएको बताए । तिनले पूर्व गुरु केपी शर्माओलीलाई पनि हाँसो छुट्ने ठट्टै गरे । यिनले भित्तै छेड्ने गरी कांग्रेसलाई गाली गरे, आफ्ना सेनामेनामा विषाक्त प्रतिशोध घोले । विषाक्त घैंटो पुनः कांग्रेसको काँघमा आसीन छ । अबको ठूलो हिस्सा पाउने लोभी दबाबमा यिनले कांग्रेसलाई सत्तोसराप गरे । तीन महिनाअघि मात्रकै कुरा हो ।

आखिर कांग्रेससँगै मिल्नु थियो भने सत्तोसराप गरेको किन होला रु यो कस्तो चरित्र हो रु समीक्षा सभ्य कर्म र तथ्यमा टिक्ने विवेक हो । समीक्षाको निष्कर्ष परिणाम सराप होइन । अहिले खाए पाए भयो । भोलि राजनीतिको भान्छा भतेरमा जता लाइन बसे पनि भयो रु शीर्षस्थ ‘पुकदा र माकुने’ले बुझ्ने कुरा हो ।

गाली पुराण वाचकलाई पनि सकस । गठबन्धनले तर्साएको प्रतिपक्षी एमालेका अध्यक्ष ओलीलाई पनि लतारिने हो कि भन्ने सकस । सरकारी गठबन्धनलाई पनि ‘सयथरी बाजा एउटै ताल’ गर्न जुट्दा पनि कतै लतारिने हो कि भन्ने ‘निद्रा हराम’ सकस । सबैतिर सकसै सकस । कारण गठबन्धन ।

एमालेलाई गठजोड अँगालोमा आलिंगन गर्न दौँतरी पाउनै मुस्किल । जति खोजे पनि, राप्रपा र समाधिस्थ राप्रपा नेपालको पुनर्भाव तारणहार बन्ने मुस्कान सपनी कतै भंग हुने शंकामा एमाले प्रथम पुरुषको सकस । सकस सुरुबाट पढे नि वा अन्तिमबाट पढे पनि ‘सकस’ नेपाली राजनीतिको सकस ।

शीर्षस्थको अग्लो आसनमा आसीन सरकारी आलिंगनको असीम आग्रहले चारै दिशा छरिएको सकस मतदाताको चाहिँ मानभंगको पीडा हो । धेरैले सिद्धान्तको चिरहरण भोग्नु, देख्नुपरेको छ । जीवनभरको निष्ठाको सतीत्व भंग भएको छ । के यो कम सकस हो ?

नाम दिइएको लोकतान्त्रिक वाम गठबन्धनभित्र कम्युनिस्ट उपगठबन्धन किन रु कांग्रेसलाई घुक्र्याउन कि एमालेलाई तर्साउन रु दामाबावा एकातिर जरा जाने त्यतै होला रु गठबन्धको सारथी कांग्रेस पर्ने भयो एक्लै ?

कांग्रेसलाई पनि त प्रतिक्रियात्मक प्रत्यूत्तर दिनैपर्ने होला । लोसपालाई मिलाए भयो । लोसपा केही होइन, हिङ बाँधेको तराइमधेसको टालो त पक्कै हो । ऊ गठबन्धनका अरुभन्दा फरक, कांग्रेसजस्तै सिद्धान्तमा लोकतान्त्रिक भन्न रुचाउँछ । गठबन्धनको सकसभन्दा बाहिर लोसपालाई किन राख्नु पर्यो र ?

गठबन्धनको नेता प्रधानमन्त्री शेरबहादुर देउवाले लोसपालाई भित्र्याउने जमर्को ठीकै गरेका थिए । तर त्यो सुस्तायो, अघि बढेन भन्ने सुनिएको छ किन होला रु एउटै जमिनको जसपाको स्वार्थले उत्पन्न गरेको दबाबी परिणाम हो कि रु लोसपालाई गठबन्धनको सकसभन्दा अनिच्छित बाहिर बस्नु परेको ?

भर्खरै भाँचिएको जसपाको हाँगो नेसपालाई गठबन्धन, उपबन्धनमा ल्याउन जसपालाई सकस भएन । प्रदेशको भिन्नताले हो कि रु

गठबन्धनको सकस कहाँ परेन ? सिद्धान्तमा, प्रणालीमा, प्रक्रियामा, निष्ठा वा प्रतिबद्धतामा । कहाँ परेन सकस रु राजनीतिलाई, संवैधानिक मान्यतालाई, मतदाता र मतार्थी कसलाई दिएन सकस गठबन्धनले ?

सरकार बनाउन गठबन्धन बनाउनै परे त्यसको औचित्य आखाँ चिम्लिदा पनि पुष्टि हुने देखिन्छ । चुनावकै लागि गठबन्धन, अरु सबै तिलाञ्जलि रु नेपाली राजनीतिको सकस ।
बाह्रखरी