कराते संघ कर्णाली प्रदेशको अध्यक्षमा हरि बिष्ट


सुर्खेत: नेपाल सितोरियो कराते संघ कर्णाली प्रदेश अध्यक्षमा हरि बिष्ट चयन भएका छन् । सितोरियो कराते संघको प्रथम कर्णाली प्रदेश अधिवेशनबाट प्रदेश अध्यक्षमा विष्ट सर्वसम्मत चयन भएका हुन ।
सोमबार वीरेन्द्रनगर सुर्खेतमा सितोरियो कराते संघको प्रथम कर्णाली प्रदेश अधिवेशन सम्पन्न भएको हो । अधिवेशनबाट उपाध्यक्षमा हेमन्त कुमार मल्ल, राम प्रसाद पाण्डे, गोविन्द बहादुर घर्ती मगर, चित्र बहादुर राना, सचिवमा रमेश कुमार थापा, सहसचिवमा सीता भण्डारी र नन्दलाल खत्री, कोषाध्यक्षमा हिमाली भण्डारी र सदस्यहरुमा प्रेम पाण्डे, ज्ञानेन्द्र भण्डारी, सन्तोष महतरा, लेखत बहादुर शाही, प्रेयाङ्का शाही र अजय गुरुङ चयन भएका छन् ।
यस्तै मनोनीत सदस्यमा भुवन ज्ञावली, प्रकाश पन्त, कृति गुभाजु शाक्य, केसर रोकाय चयन भएका छन् । खेलकुदले व्यक्तिलाई स्वस्थ बनाउने र व्यक्ती स्वस्थ भए विचार पनि स्वस्थ आउने र स्वस्थ विचारले राष्ट्र निर्माणमा महत्वपूर्ण भुमिका खेल्ने हुँदा खेल क्षेत्रको विकासमा सबै लाग्नुपर्ने नवनिर्वाचित अध्यक्ष हरि बिष्टले बताए ।