फागुन ६ र ७ गते राष्ट्रिय शिक्षा कार्यशाला सञ्चालन गर्दै विद्यार्थी परिषद्

सुर्खेत : प्राज्ञिक विद्यार्थी परिषद् नेपालले फागुन ६ र ७ गते राष्ट्रिय शिक्षा कार्यशाला सञ्चालन गर्ने भएको छ ।

विद्यार्थी परिषदले आधारभूततह शिक्षादेखि उच्चतहसम्मको शिक्षासँग जोडिएका पाठ्यक्रम, शिक्षण विधि, मूल्याङ्कन पद्धति र शिक्षानीति आदि विषयको बारेमा गहन् अध्ययन, विश्लेषण एवं विस्तृत चर्चा गर्ने ध्येयका साथ राष्ट्रिय शिक्षा कार्यशालाको आयोजना गर्न गइरहेको जनाएको छ ।

विभिन्न विश्वविद्यालयका उपकुलपति, शिक्षामन्त्रालय, राष्ट्रिय परीक्षा बोर्ड, विश्वविद्यालय अनुदान आयोगका पदाधिकारी, देशभरका विभिन्न शैक्षिक संस्थाका प्राचार्य, शिक्षक, प्राध्यापक, शिक्षाविद्, पत्रकार तथा युवा नेतृत्वको सहभागितामा सम्पन्न हुने दुई दिवसीय कार्यशालामा देशको आधारभूततह शिक्षा, माध्यामिक शिक्षा, उच्च शिक्षा, राष्ट्रिय शिक्षानीति आदि विषयमा महत्वपूर्ण कार्यपत्र प्रस्तुत हुनेछन् साथमा शिक्षामा समग्र सुधारका लागि उचित नीति निर्माणको विषयमा कार्यशाला केन्द्रित रहनेछ ।

आगामी फागुन ६ र ७ गते ललितपुरमा सपन्न हुने कार्यशालाको समुद्घाटन समारोहमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीज्यू एवं विभिन्न विश्वविद्यालयका उपकुलपतिज्यूहरूको विशेष उपस्थिति रहने छ ।

कार्यशालाकाे  समुद्घाटन समारोह पुल्चोक इञ्जिनियरिङ्ग कलेज, ललिपुरमा फागुन ६ गते बिहान ११:०० बजेबाट प्रारम्भ हुने विद्यार्थी परिषद् जानकारी दिएकाे छ ।