सञ्चारमा सहज बनाउन स्वास्थ्य स्वयंसेविकालाई स्मार्ट मोबाइल

सुर्खेत : सञ्चारमा सहज बनाउन स्वास्थ्य स्वयंसेविकालाई स्मार्ट माेबाइल (फाेरजी) वितरण गरिएको छ ।
चाैकुने गाउँपालिका-१ का नाै जना स्वास्थ स्वयंसेविकालाई सिमकार्डसहित स्मार्ट माेबाइल वितरण गरिएको हाे ।
वडाले दिएको मोबाइलबाट बस्तीका गृहिणी, बालबालिकाको समस्या सुन्न, बुझ्न, आवश्यक परामर्श दिन सहज हुने वडा अध्यक्ष जीरक बडुवालले बताए । वडाले प्रत्येकलाई १२ हजार रुपैयाँ बराबरकाे माेबाइल वितरण गरिएको छ ।  वडामा भौगोलिक विकटता भएकोले उनीहरुलाई घरबाटै सेवासुविधा दिन सहज हुने अध्यक्ष बडुवालकाे भनाइ छ।

अध्यक्ष बडुवालका अनुसार स्वयंसेविकासँग मोबाइल फाेन भएपछि वडा र बस्तीका सर्वसाधारण महिलाले इन्टरनेट र फोनबाटै परिवार नियोजन परामर्श, गर्भवती जाँच, साना बालबालिकालाई निमोनियाको समस्याबारे परामर्श ,खाेप, भिटामिन जस्ता सेवाकाे जानकारी फाेनबाटै लिन पाउनेछन् ।