समाजवादीका जिल्ला अध्यक्ष वडुवालसहितका नेता कार्यकर्ता एमालेमा

सुर्खेत: नेकपा एकीकृत समाजवादी सुर्खेतका अध्यक्ष माेहन वडुवाल सहितका नेताहरू नेकपा एमालेमा समाहित भएका छन् ।
बुधबार सुर्खेतकाे वीरेन्द्रनगरमा भएकाे एक कार्यक्रममा पार्टीका महासचिव संकर पाेखरेलले उनी सहितका नेताहरूलाई स्वागत गरेका थिए ।
बडुवाल नेकपा हुँदा सुर्खेत जिल्ला कमिटी सचिव समेत थिए। पछि नेकपा विभाजनपछि उनी माधव नेपाल नेतृत्वको एकिकृत समाजवादी पार्टीमा लागेका थिए।