जन्मदिनमा खाद्यान्न सहयोग

सुर्खेत: वीरेन्द्रनगर नगरपालिका वडा नम्वर १२ मा घर भई लामो समयदेखि अमेरिकामा बस्दै आएकी जयन्ती थापाका बुवाकाे जन्मदिनको अवसरमा खाद्यान्न सहयोग गरिएको छ । बुधबार उनका बुवा धर्मजंग थापाकाे जन्मदिनको अवसरमा बादी सराेकार मञ्च सुर्खेतमा आश्रित बालबालिकालाई २५ हजार रुपैयाँ बराबरकाे खाद्यान्न सहयाेग गरेका हुन् । उक्त रकम बराबरको चामल र दाल वितरण गरिएको हाे ।

बादी सराेकार मञ्च नेपालका अध्यक्ष हिक्मत बादीले समस्यामा परेका सिमान्तकृत वादी समुदायका बालबालिकालाई खाद्यान्न सहयोग गरेकाेप्रति धन्यवाद दिए । जयन्तीका बुवा धर्मजंगले जन्मदिनको अवसरमा संकटमा परेका बालबालिकालाई सहयाेग गर्दा आफू खुसी भएको बताए । बादी सराेकार मञ्चले सात वर्षदेखि वादी समुदायका बालबालिकालाईलाई संरक्षण गर्दै आएको छ।
। सहयोग कार्यक्रममा धर्मजंगकी पत्नी, छाेराबुहारी र छाेरी ज्वाईंकाे सहभागिता रहेकाे थियाे ।