सुर्खेत: पञ्चपुरी नगरपालिका वडा नम्बर ६ खमारीका बालबालिकालाई आशिका फाउण्डेशनले सहयोग गरेको छ ।
बालविकास केन्द्रमा अध्यनरत खमारीका ११ जना बालबालिकाहरुलाई शैक्षिक सामग्री, न्यानो कपडा र एक जना बालविकास शिक्षिकालाई विद्यालय पोसाक मंगलबार वितरण गरिएको हो । वडा नम्बर ६ को कार्यालयसँग समन्वय गरेर फाउण्डेशनले सहयोग गरेको छ । भौगोलिक विकटता र विद्यालय टाढा भएको कारण विद्यालय जान नसक्ने बालबालिकालाई वडा कार्यालयले समुदायमै बालविकास कक्षा सञ्चालनमा ल्याएको वडा अध्यक्ष नरबहादुर सिजापतिले बताए ।
फाउण्डेशनबाट प्राप्त पोशाक, स्टेसनरी, म्याटर, ह्वाइट बोर्ड वितरण गदै वडा अध्यक्ष सिजापतिले आगामी दिनमा विद्यालयको भौत्तिक विकास गर्न वडाबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले बालबालिकालाई सहयोग गर्ने आशिका फाउन्डेशन त्यसकी सञ्चालक आशिका तामाङ लगायतको टिमलाई धन्यवाद दिँदै आगमी दिनमा पनि सहयोगको अपेक्षा राखेको बताए । भवन अभावका कारण खुला चौरमा पढाई सञ्चालन हुदै आएको बालबिकासमा बालबालिको अवस्था देखेपछि फाउडेशनलाई सहयोग गर्न अनुरोध गरेको वडा कार्यालयका प्रेम सुनाले बताए ।
खुलानजर । ५ पुष २०७९, मंगलवार १९:२४