कर्णाली प्रदेशको समग्र विकास: चुनौती र सम्भावना

स्नेहा उपाध्याय
नेपालको सात प्रदेशमध्ये कर्णाली प्रदेश सबैभन्दा सानो जनसङ्ख्या भएको, भौगोलिक हिसाबले विकट र प्राकृतिक सम्पदामा धनी प्रदेश हो। २००७ सालको राजनीतिक परिवर्तनदेखि आजसम्म विकासको यात्रामा कर्णाली प्रदेशले थुप्रै चरणहरू पार गरेको छ, तर यो प्रदेशले अझै धेरै चुनौती र सम्भावनाहरूको सामना गर्न बाँकी छ। यस लेखमा कर्णाली प्रदेशको समग्र विकासको अवस्थालाई विश्लेषण गर्दै प्रमुख क्षेत्रहरूमा रहेका समस्या र समाधानका सम्भावनाहरूको चर्चा गरिनेछ।

 भौगोलिक चुनौती र पूर्वाधार विकास
कर्णाली प्रदेशको भौगोलिक बनावट बिकट र दुर्गम छ। यहाँका बस्तीहरू पहाड र जङ्गलले घेरिएका छन्, जसले यातायात र पूर्वाधार विकासलाई चुनौतीपूर्ण बनाएको छ। बाटोघाटोको अभाव, अव्यवस्थित सडकहरू, र नदीनाला तर्नुपर्ने अवस्थाका कारण यहाँका जनतालाई यात्रा गर्न कठिनाइ हुन्छ। यसले गर्दा स्वास्थ्य सेवा, शिक्षादिक्षा, कृषि उत्पादन, र व्यापारजस्ता सेवा र सुविधाहरूले पनि पूर्णरूपमा विकास गर्न सकेका छैनन्।
यस समस्यालाई समाधान गर्न प्रदेश सरकारले प्राथमिकता दिएर सडक सञ्जाल विस्तार, पुल निर्माण, र हिमाली क्षेत्रका लागि साना विमानस्थलको निर्माण गर्न आवश्यक छ। सिम्ता,जुम्ला, रुकुमलगायतका क्षेत्रमा हुने संरचना विकासले यातायातको पहुँचलाई सहज बनाउन सहयोग पुग्नेछ। यातायात संरचना सुदृढ भएमा आन्तरिक र बाह्य पर्यटनको सम्भावना समेत बढ्नेछ, जसले प्रदेशको आर्थिक विकासमा ठूलो योगदान पुर्यासउन सक्छ।

स्वास्थ्य सेवाको अभाव र सुधारका आवश्यकता
कर्णाली प्रदेशमा स्वास्थ्य सेवाको अवस्था अत्यन्तै कमजोर छ। गाउँगाउँमा आधारभूत स्वास्थ्य केन्द्रहरूको अभाव छ र विशेषज्ञ चिकित्सकहरू तथा अत्याधुनिक उपकरणहरूको पनि कमी छ। मानिसहरूलाई सामान्य स्वास्थ्य उपचारको लागि पनि अन्य प्रदेश जानुपर्ने बाध्यता रहेको छ। रुग्ण मातृ मृत्युदर, बाल मृत्युदर, र कुपोषण दर उच्च हुनुको प्रमुख कारण भनेकै स्वास्थ्य सेवामा रहेको न्यून पहुँच हो।
यस समस्याको समाधान गर्न कर्णाली प्रदेशमा प्रादेशिक अस्पतालहरू स्थापना गर्ने, प्राथमिक स्वास्थ्य केन्द्रहरूमा गुणस्तरीय सेवा प्रदान गर्ने, र स्थानीय स्तरमा स्वास्थ्यकर्मीहरूलाई तालिम दिनु आवश्यक छ। साथै, दूरदराजमा टेलिमेडिसिन सेवा सञ्चालन गरेर तत्काल उपचार र परामर्श दिन सकिन्छ, जसले गर्दा मानिसहरूलाई आफ्नै ठाउँमा सेवा उपलब्ध गराउन सहयोग पुग्नेछ।

 शिक्षा र मानव संसाधन विकास
शिक्षा क्षेत्रमा कर्णाली प्रदेश अझै पनि पछि परेको छ। यहाँका धेरै बालबालिका विद्यालय जान पाउँदैनन् भने विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूको लागि गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रणाली पनि कमजोर छ। उच्च शिक्षाको अवसरको कमीले गर्दा यहाँका युवा बाहिर पलायन हुने गरेका छन्, जसले स्थानीय मानव संसाधनको विकासमा बाधा पुर्यारएको छ।

शिक्षामा सुधारका लागि आधारभूत शिक्षा सबैका लागि अनिवार्य बनाउनुका साथै विद्यालयहरूमा गुणस्तरीय शिक्षा र आवश्यक शैक्षिक सामग्रीहरू उपलब्ध गराउनु पर्छ। प्राविधिक शिक्षा र तालिमहरूलाई प्राथमिकता दिएर स्थानिय जनशक्तिलाई दक्ष बनाउन आवश्यक छ, जसले गर्दा उनीहरूले कर्णालीमै रोजगार पाउन सकून् र बाहिर पलायनको दर घटाउन सकियोस्।

कृषि र पशुपालनको विकास
कर्णाली प्रदेशको अर्थतन्त्रमा कृषि र पशुपालनको महत्वपूर्ण योगदान छ। यहाँका किसानहरूले अलैंची, सिमी, आलु, जडीबुटी, र ओखर जस्ता बाली उत्पादन गर्छन्। तर, परम्परागत कृषि पद्धतिले गर्दा कृषिको उत्पादनशीलता कम छ। त्यस्तै, भौगोलिक विकटता र यातायातको अभावका कारण उत्पादन भएका वस्तुहरूको बजारीकरण गर्न कठिनाई हुन्छ।
यस क्षेत्रमा आधुनिक कृषि प्रविधि, सिंचाइ सुविधा, र कृषकहरूलाई वित्तीय सहयोग उपलब्ध गराएर कृषि उत्पादनलाई बढावा दिन सकिन्छ। कृषिजन्य उत्पादनहरूको बजारीकरण र प्रसंस्करण उद्योगहरू स्थापना गरिनुपर्छ। जडीबुटीको उत्पादन र प्रशोधनमा सरकारको थप सहयोगले कर्णालीको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सक्छ।

पर्यटनको सम्भावना र चुनौती
कर्णाली प्रदेश प्राकृतिक सुन्दरताले भरिएको क्षेत्र हो। यहाँका रारा ताल, फोक्सुन्डो ताल, से–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज, र सिमकोटजस्ता पर्यटकीय स्थलहरूले कर्णालीलाई विश्वभर चिनाउन सक्ने सम्भावना बोकेका छन्। यस्ता स्थानहरूलाई व्यवस्थित गर्दै आन्तरिक र बाह्य पर्यटकहरूलाई आकर्षित गर्न सकिन्छ। तर, पर्यटन पूर्वाधारको कमीले गर्दा यो क्षेत्रले आफ्नो वास्तविक सम्भावना पूरा गर्न सकेको छैन।
पर्यटन क्षेत्रलाई प्रोत्साहित गर्न पर्यटन पूर्वाधारको विकास र सुरक्षा उपायहरूलाई सुदृढ गर्न आवश्यक छ। स्थानीय जनतालाई पर्यटनको फाइदा बुझाउने र उनीहरूलाई सहभागी गराएर ग्रामीण पर्यटनलाई प्रवर्द्धन गर्न सकिन्छ। यसले रोजगारीको अवसर प्रदान गर्दै स्थानीय स्तरमा आर्थिक गतिविधिलाई पनि सघाउ पुर्याीउँछ।

 जलस्रोत र ऊर्जाको सम्भावना
कर्णाली प्रदेश जलस्रोतमा धनी छ। यहाँका कर्णाली, भेरी, र साना नदीनालाहरूले जलविद्युत उत्पादनको सम्भावना बोकेका छन्। जलविद्युत परियोजनाहरू सञ्चालन गरी प्रदेशको ऊर्जा आपूर्ति आवश्यकतालाई पूर्ति गर्न सकिन्छ भने बाह्य बजारमा निर्यात गरी प्रदेशको आर्थिक अवस्थामा सुधार गर्न सकिन्छ।
तर, जलविद्युत आयोजनाहरूको लागि पूर्वाधार निर्माण र लगानीको आवश्यकता पर्छ। सरकार र निजी क्षेत्रको सहकार्यमा साना र ठूला जलविद्युत परियोजनाहरू सञ्चालन गर्न सकिन्छ। यसले आर्थिक वृद्धि मात्र नभई प्रदेशको दिगो विकासमा पनि योगदान पुर्या्उन सक्छ।
७। सांस्कृतिक संरक्षण र सामाजिक सुदृढीकरण
कर्णाली प्रदेश सांस्कृतिक धरोहरले भरिएको छ। यहाँका परम्परागत पर्व, कला, रीतिरिवाज, र जातीय पहिचानहरूलाई जोगाउनु आवश्यक छ। सामाजिक एकता, भेदभावको अन्त्य, र लैङ्गिक समानता जस्ता मूल्यहरूलाई प्रोत्साहित गर्न आवश्यक छ, जसले समाजलाई सुदृढ बनाउन मद्दत पुर्यारउँछ।
निष्कर्ष
कर्णाली प्रदेशको समग्र विकासका लागि पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, र ऊर्जा क्षेत्रमा व्यापक सुधार आवश्यक छ। यी क्षेत्रहरूको विकासले कर्णालीको आर्थिक अवस्थामा सुधार ल्याउनेछ र यहाँका जनताको जीवनस्तरमा उल्लेखनीय परिवर्तन हुनेछ। यस प्रदेशको विकासका लागि सरकारी, गैरसरकारी, र निजी क्षेत्रको संयुक्त प्रयास अनिवार्य छ। कर्णाली प्रदेशका चुनौतीहरूलाई समाधान गर्दै यहाँका अपार सम्भावनाहरूलाई सदुपयोग गर्न सकेमा, कर्णाली प्रदेशले राष्ट्रिय विकासमा महत्वपूर्ण योगदान पुर्याकउन सक्नेछ।