“अरुका लागी प्रयोग भयौं पटक – पटक ”
“आफ्ना लागी उठौं एकपटक” भन्ने मुल नाराका साथ अधिकारका लागी दलित जागरण अभियानको, कर्णाली प्रदेश स्तरीय प्रथम भेला यहि मिति २०७९ फागुन १३ गत्ते सनिबारका दिन प्रदेश राजधानी सुर्खेत स्थीत जुम्ला रोडमा रहेको निर्वाणा होटेलको हलमा सु – सम्पन्न भएको छ।
नेपालमा निर्माण भएका २०२० साल देखी हाल सम्मका संवैधानिक व्ययवस्था अनुसार जातिय बिभेद गर्न हुन्न र यदि जातकै आधारमा बिभेद गरेको पाइएमा कानुन बमोजिम सजाय हुन्छ भन्ने व्यवस्था रहेता पनि हाल सम्म जातिय बिभेदकै कारण नेपालमा २ दर्जन बढिले ज्यान गुमाउन परेको छ भने कयौं बिभेदका घटनाहरुमा अप्रिय न्याय निरुपण भएको, समाजिक संजालमा दलित समुदायमाथि चरम विभेद हुने अभिव्यक्ति प्रस्तुत भइरहेको र राज्य द्वारा नै दलित समुदाय विहिन सरकार गठन जस्ता क्रियाकलापहरु संचालन गरेको हुदा उक्त जातिय विभेदको चंकुलबाट दलित समुदायलाई माथि उठाउन तथा राज्यका कानून कार्यन्वयन निकायलाई प्रभावकारी बनाउन गठित अधिकारका लागी दलित जागरण अभियान को कर्णाली प्रदेश स्तरीय भेला संचालन गरिएको थियो।
उक्त कार्य दिशालाई मुर्तरुप दिनको लागी भेलाले तपसिलको प्रदेश स्तरिय कार्यसमिति सहित भेला सम्पन्न गरेको छ।
तपसिल:
प्रदेश संयोजक : गोबिन्द बिश्वकर्मा (दैलेख) सह – संयोजक : सुनिता नेपाली ( बादी) सुर्खेत
प्रबक्ता : रनसिं सार्की ( कालिकोट)
सहित प्रत्येक कर्णाली प्रदेशका १० जिल्ला बाट ४/४ जना सदस्य गरी ४० जना सदस्यीय र थप २५ जना प्रदेश सदस्य थपी , प्रथम बैटक बाट ११ सचिवालय सदस्य मनोनित गर्ने भएको छ।
खुलानजर । १४ फाल्गुन २०७९, आईतवार ०७:५८