कर्णाली प्रदेश सभाका ज्येष्ठ सदस्य शाहले लिए शपथ

सुर्खेत: कर्णाली प्रदेश सभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले पद तथा गोपनीयताको शपथ लिएका छन्। एमालेबाट दैलेख क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित शाहलाई साेमबार प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका हुन्।
प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम प्रदेश सभामा सभामुख र उपसभामुख निर्वाचित नहुञ्जेल ज्येष्ठ सदस्यले प्रदेश सभाको काम कारबाही सञ्चालन गर्नुपर्ने कानूनी व्यवस्था छ।
शाहलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराएसँगै शाहले आजै दिउँसो ३ बजे बाँकी सांसदहरूलाई प्रदेश सभामा शपथ ग्रहण गराउने छन्। शाहले सभामुख र उपसभामुखको निर्वाचन नहुञ्जेलसम्मका लागि कार्यवहाक सभामुखको भूमिका निर्वाह गर्नेछन्।