होलीले सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राखेको छ : प्रदेशप्रमुख परियार

सुर्खेत: कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले नेपालीहरुको महान पर्व फागुपूर्णिमा (होली) ले सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राखेको बताएका छन् । २०७९ सालको होलीको अवसरमा शुभकामना दिँदै यस्तो बताएका छन् ।
उनले यस्तो सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख,शान्ति,सम्बृद्धि,आरोग्य एवम् समृद्धिका शुभकामना व्यक्त गर्दै
वसन्त ऋतुको आगमनसगै प्रत्येक वर्ष फाल्गुन शुक्ल पूर्णिमाको दिन आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने फागुपूर्णिमा (होली) ले हर्षोल्लास बनाएको शुभकामनामा उल्लेख गरेका छन् ।

जातीय तथा धार्मिक–सांस्कृतिक विविधताको अनुपम संगमका रुपमा रहेको मुलुकमा सबै नेपालीहरुले खुसी र हर्षोल्लासपूर्वक रंगहरुमा रमाएर यस पर्वमनाउने भएकोले पनि यस पर्वको महत्व रहेको बताएका छन् ।
यस्ता विविध चाडपर्व र संस्कृतिहरुको संरक्षण तथा संबद्र्धन गर्दै समृद्धितर्फको यात्रा तय गर्नु हाम्रो वर्तमानको दायित्व समेत रहेको उनले उल्लेख गरेका छन् ।
होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति, कुरीति एवं कुपरम्पराहरूलाई निर्मूल गर्दै मौलिक संस्कृति सहितको सभ्य,सुसंस्कृत एवं न्यायपूर्ण समाजको निर्माण र संवद्र्धन गर्न सबैलाई उत्प्रेरित गर्ने विस्वास प्रदेशप्रमुख परियारले लिएका छन् ।