मध्यपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसको स्ववियू निर्वाचन पनि स्थगित


सर्खेत : मध्यपश्चिमाञ्चल विश्व विद्यालयका आंगिक क्याम्पसहरुकाे स्ववियु निर्वाचन पनि स्थगित गरिएको छ ।
चैत्र ३ गर्ने भनिएको स्वतन्त्र विद्यार्थी युनिय (स्ववियू) को निर्वाचन उच्च अदालत सुर्खेतले रोक्ने आदेश जारी गरेसँगै विश्वविद्यालय अन्तर्गतका १० वटा आंगिक क्याम्पसको निर्वाचन पनि स्थगित गरिएको छ । बिहीबार बसेको विश्वविद्यालयको बैठकले आगिक क्याम्पसमा पनि निर्वाचन राेक्ने निर्णय गरेको हो । मंगलबार विश्वविद्यालय अन्तर्गतको ‘स्कुल अफ मेनेजमेन्ट’ (मुसोम) का विद्यार्थीले मतदानबाट वञ्चित गराइएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए ।
विश्वविद्यालयअन्तर्गतको स्कुल अफ मेनेजमेन्ट (मुसोम) मा अध्ययनरत विद्यार्थीहरूले मतदान गर्नबाट वञ्चित गराइएको भन्दै उच्च अदालतमा मंगलबार रिट दायर गरेका थिए ।
बुधबार रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश पुनम सिंह चन्दको एकल आदेश अनुसार हालसम्म भएका सबै गतिविधी स्थगित गरी अर्को आदेश नआउन्जेलसम्मका लागि निर्वाचन स्थगित गर्न आदेश दिएको थियाे ।
चैत्र ८ गते दुवै पक्षलाइ उच्च अदालत सुर्खेतमा ऊपस्थित हुनु आदेश जारी गरेको छ ।
एमयुजस्तै बबई बहुमुखी क्याम्पस बर्दिया र नारायण बहुमुखी क्याम्पस दैलेखमा विवादका कारण तालाबन्दी भएको छ । यस्तै भेरी ज्ञानोदय बहुमुखी क्याम्पस जाजरकोट र मुसिकोट खलंगा बहुमुखी क्याम्पस रुकुम पश्चिममा पनि विवाद छ ।
केही क्याम्पसमा मात्र निर्वाचन गर्नुभन्दा पछि सबैमा सँगै गर्दा उपयुक्त हुने भन्दै सबै आंगिक क्याम्पसको चुनाव स्थगित गरिएको बताइएको छ ।  १० वटा आंगिक क्याम्पसमध्ये तीनवटा क्याम्पस लुम्बिनी प्रदेशमा पर्दछन् भने सातवटा क्याम्पस कर्णालीमा पर्दछन् ।