विद्यार्थी परिषद् द्वारा इनरुवामा पालिका स्तरीय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न

सुर्खेत : सुनसरीको सदरमुकाम इनरुवामा पालिकास्तरीय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ । शनिबार जिल्लाको विभिन्न पालिकामा सञ्चालन भएको प्रतियोगिताबाट छनौट भएका २÷२ वटा विद्यालयको सहभागीतामा इनरुवामा पालिकास्तरीय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको हो । सम्पन्न भएको प्रतियोगितामा कोशी, भोक्राहा नरसिंह र गढी गाउँपालिकाका २÷२ सामुदायिक विद्यालयका विधार्थीहरु प्रतियोगीका रुपमा सहभागी भएका थिए । सहभागी मध्ये कोशी गाउँपालिकाको कोशी मावि पश्चिम कुशाहाका अनिल कुमार राम, हेमनारायण यादव र सन्तोषि साह समूह प्रथम भएको थियो । त्यसैगरी भोक्राहा नरसिंहको जनता मावि नरसिंह ७ का अखलेश्वर मण्डल, प्रियतमा मण्डल र वेदप्रकाश मेहता समूह द्वितीय तथा गढी गाउँपालिकाको श्री मा.वि. छिटाहा ३ का धिरज साह, ज्योति चौधरी र गौतम साह समूह तृतिय भएको आयोजक प्राज्ञिक विद्यार्थी परिषदको केन्द्रिय सदस्य सौरभ बिस्वकर्माले जनाएका छन ।
परिषदको आयोजनामा सम्पन्न भएको कार्यक्रममा ६ विद्यालयका १८ जना विद्यार्थीको सहभागिता रहेको थियो । पुरस्कृतहरुलाई ब्याग, डायरी, प्रमाणपत्र, मेडल, शिल्ड तथा सबै सहभागीलाई प्रमाणपत्र र डायरी वितरण गरिएको थियो। कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति सुनसरी प्रमुख राजन मेहता र गढी गाउँपालिकाका अध्यक्ष आशनारायण चौधरीले संयुक्त रूपमा गर्नुभएको थियो । विजयीहरुलाई पुरस्कार वितरण उद्योग वाणिज्यका अध्यक्ष विरेन्द्र साह, प्राज्ञिक विद्यार्थी परिषदको पुर्व जिल्ला सचिव राजकिशोर मेहता, कोशी गाउँपालिका शिक्षा शाखा प्रमुख वेदराज अधिकारी, प्राज्ञिक कोशी प्रदेश संगठन सचिव विष्णु पंगेनी, कार्यक्रम संयोजक सौरभ विश्वकर्मा, उद्योग वाणिज्य सदस्य अमरेन्द्र मेहता सहितकाले संयुक्त रुपमा गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता सौरभ विश्वले गर्नभएको थियो ।