
बुवा पुर्णबहादुर शाही र आमा नैनकला शाहीकोे कोखबाट २०४३ साल फागुन १७ गते जन्मिएका सुरेन्द्र शाही दैलेखको ठाटिकाँध गाउँपालिका–१ साविकको लकान्द्र गाविसमा जन्मिएका हुन् । दैलेखको दुर्गम गाउँमा जन्मिएका शाही सानैदेखि पढाईमा अब्बल थिए । उनी शिक्षण पेशा त्यागेर निजामती सेवामा प्रवेश गरेका हुन् । आमाबुबाको प्रेरणा र सपना पुरा गर्न सरकारी जागिर रोजेका उनी आफ्नै गाउँबाट निजामती सेवा प्रवेश गर्ने पहिलो व्यक्तित्व हुन् । हाल उनी कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रदेश उपसचिव पदमा कार्यरत छन् । उनै शाहीसँग अंगराज परियारले गरेकाे कुराकानी :
बाल्यकाल र विद्यार्थी जीवनलाई कसरी सम्झनुहुन्छ ?
बुवा पुर्णबहाुर शााही र आमा नैनकला शाहीको कोखबाट तेस्रो सन्तानको रुपमा जन्मिएको हो । म मध्यम वर्गिय किसान परिवारमा जन्मिएकाले मेरो बाल्यकाल सुख दुःखको समिश्रणको रुपमा रह्यो । बुवा आमा किसानी काम गर्नुहुन्थ्यो । आर्थिक अवस्था कमजोर भएकोले आजभोलीको जस्तो शहरमा बसेर अध्यन गर्ने वातावरण थिएन । कृषकको छोरा भएर जन्मिएपछि खेतबारीमा काम गर्नपथ्र्यो । मेरो घरपरिवारमा दुई जना दिदी म सहित चार जना दाजुभाई हौं । म एक कक्षादेखि १० कक्षासम्म गाउँकै सरकारी कृष्ण माध्यमिक विद्यालयमा पढेको हुँ । त्यो बेलाको कुरा गर्ने हो भने अहिलेको जस्तो बिजुली बत्ति थिएन टुकी बालेर पढ्नपथ्र्यो । र मेरो पढाइपनि राम्रै थियो । पाँच कक्षासम्म दोस्रो स्थानमा हुन्थे । ६ कक्षादेखि घरको जिम्मेवारी थपिएपछि बिचमा पढाइ बिग्रीयो । २०५९ सालको एसएलसीमा विद्यालय प्रथम भएँ । एस एलसी पछि उच्च शिक्षा अध्ययनका लागि सुर्खेतमा झरें । शिक्षा क्याम्पस सुर्खेतबाट गणित बिषय लिएर पढें । राम्रै अंकले पास गरें ।
विद्यार्थी जीवनमा के बन्ने लक्ष्य थियो ?
विद्यार्थी जिवनमा गाउँमा मैंले चिनेका अग्रजहरु शिक्षक पेशामा हुनुहुन्थ्यो । त्यसैले मलाइ पनि शिक्षक पेशा प्रति रुचि थियो । शिक्षक बन्नकै लागी मैंले गणित विषय लिएर पढेको हुँ । गाउँमा मलाई पढाएको शिक्षकहरुवाट म निकै प्रेरित भएको थिएँ । त्यतिबेला हाम्रो परिवारको आर्थिक अवस्था धेरै कमजोर भएकोले आइ एड पास गरेपछी १ वर्ष निजीस्रोतमा र वि एड पढ्दै गर्दा निमावि अस्थायी राहत दरवन्दिमा मैं पढेको विद्यालयमा ३ वर्ष जति पढाएँ । मैंले मैले शिक्षक पेशासँगै पढाइलाई निरन्तरता दिएको थिएँ । पढाउँदै पढ्दै निजामती सेवामा जाने सोच पलायो ।
निजामती सेवामा जाने प्रेरणा कसरी मिल्यो ?
गाँउका अग्रज गुरुहरुबाट निजामती सेवामा जाने प्रेरणा मिल्यो । बुवा मुमाको चाहाना पनि मैले स्थायी जागिर खाओस भन्ने थियो । अस्थायी जागिर गरिरहँदा अग्रजहरुले भन्नुभयो अब लोकसेवा तयारीमा लाग, अस्थायी जागिर कतिन्जेल खाने हो र ? बेलैमा लोकसेवामा नाम निस्क्यो भने जिन्दगी सेटल हुन्छ । बुवामुमा र अग्रजहरुको यही सल्लाहले मैले लोकसेवा तयारी सुरु गरेँ । शिक्षक पेशा गर्दागर्दै पहिलो कोसिसमै २०६७ सालमा खरिदार पदमा नाम निस्केपिछि पहिलो पोष्टिङ जिल्ला विकास समितिको कार्यालाय जाजरकोटमा भयो । पहिलोपटक सरकारी कर्मचारीको परिचयपत्र पाएपछि आमाबुबाको अनुहारमा देखिएको त्यो क्षण आज पनि मेरो आँखामा ताजै छ ।
जागिर खाँदाका संघर्ष याद छन ?
जागिर खाँदाका ती संघर्षहरू अझै पनि मेरो मनमा ताजा छन् । मेरो पहिलो जागिर वापतको तलब एक वर्षको एकैपटक प्राप्त भएको थियो । त्यसपछी मेरो जागिर र पढाइ सँगसँगै अगाडी वढ्यो । त्यो बेलाको दैनिकी एकदमै संघर्षपुर्ण थियो । त्यो समयमा एकातिर स्नातक तहको पढाइ र अर्को तिर जागिर दुई ठाउँको जिम्मेवारीले दुवै तर्फको चाप हुन्थ्यो । विद्यालयमा शिक्षण पेशामा रहँदा विहान वेलुका ट्युसन कक्षा पनि सँगसँगै पढाउने काम गरे ।
निजामती कर्मचारीमा के कस्ता अनुभव भए ?
२०६७ सालको खरिदार पदबाट जागिर जाजरकोट जिल्लावाट सुरु गरेको हुँ । २०६९ सालमा नायव सुब्बामा नाम निस्क्यो । नायव सुब्बामा मुगुमा पदस्थापन भयो । केहि समयपछि दैलेखमा सरुवा भएँ । दैलेखको विभिन्न कार्यालयमा काम गरेको छु । २०७३ सालमा लेखा अधिकृतमा नाम निस्किएपछि खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दैलेखमा एकबर्ष काम गरें । एक बर्ष नारायण नगरपालिका दैलेखमा काम गरें । कर्मचारी समायोजनमा आफ्नो प्रदेशमा नै सेवा गर्ने उदेश्यले मैंले कर्णाली प्रदेश नै रोजें । समायोजन पश्चात प्रदेशका विभिन्न कार्यालयमा लेखा अधिकृतको रुपमा काम गरें । लामो समयम्म निजामतीमा काम गर्दाको अनुभवले जुनसुकै मन्त्रालय वा कार्यालयमा कार्यसम्पादन राम्रै भएको अनुभव छ । हाल म कर्णाली प्रदेश सरकारको खुला प्रतिस्पर्धाबाट उपसचवि पदमा उतिर्ण भएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रदेश उपसचिव पदमा कार्यरत छु ।
उपसचिव हुँदा खुसी लाग्छ ?
पहिले खरिदार हुँदा जति खुशीको क्षण पछिल्ला परीक्षा पास गर्दा त्यो अनुभव भएन । त्यो बेला पहिलोपटक मेरो नाम लोकसेवामा निस्किँदा हाम्रो गाउँको परिवारका लागि ठूलो खुसी थियो । बाबुआमा, दाजुभाइ, छिमेकी सबै खुशीले प्रकट गर्नुहुन्थ्यो । म आफैंलाई पनि विश्वास लाग्दैनथ्यो । मेरो नाम लोकसेवामा निस्किएकोले खरदार साव भनेर बोलाउँदा जिस्काएजस्तो लाग्ने के । दुःख गर्दा अहिले उपसचिव बनेको छु । पद ठूलो छ भनेर घमण्ड गर्न आउन्न । जिम्मेवारी धेरै छ । तर त्यो पहिलोपल्टको त्यो पारिवारिक उमंग र उत्साह अहिले अहिले पनि ताजै छ । अहिले पहिलेकोे जस्तो अलि फराकिलो जिम्मेवारी छ ।
निजामती बन्न कत्ति गाह्रो छ ?
बाहिर जती गाह्रो पर्छ भन्ने कुरा छनी त्यती भित्र गाह्रो छैन । फेरी भन्न खोजेको कुरा त्यती सजिलो भने पक्कै छैन । मेहेनत र प्रयास अनुशासन र लगन भए असम्भव भन्ने केहि छैन । पढ्नाले मात्र हुँदैन, बुझ्न पनि सक्नुपर्छ । पुराना प्रश्नपत्रलाई पनि नोट गनुृपर्छ । समाचारमा आएका नयाँ कुराले पनि राम्रो ज्ञान दिने रहेछ । आफूलाई कमजोर ठान्यो भने त सफल हुन पनि सकिन्न । कसैले पनि जन्मजातै जानेको हुन्न । सिकाई र अभ्यास र अनुुभवले जान्ने कुरा हो । त्यसकारण निजामती बन्ने कुरा पनि गाह्रो बिषय होइन ।
सेवाग्राहीका लागि कत्तिको सफल भएजस्तो लाग्छ ?
म पुर्ण रुपमा सफल भएको ठान्छु । किनभने आफ्नो अधिकार र क्षेत्रबाट माथिल्लो तहमा कार्यसम्पादन गरेर पठाउँदा सल्लाह दिन र लिने ठाउँमा हुँदा अझ राम्रो गर्न सक्छु जस्तो लाग्छ । कहिलेकाँही कामका दौरानमा विशेष गरि ऐन कानुनले नमिल्ने काम पनि गरिदिनु प¥यो भन्ने खालका दबाब आउँछन । जसमा बील भुक्तानीका कुरामा प्रक्रिया पुरा नगरी काम छिटो गरिदिने कुराले ऐन कानुन भन्दा माथी भएर काम गर्न सकिन्न र यस्ता दबाब नदिन सेवाग्राहीप्रति आग्रह गर्दछु ।
चाँडो सरुवाले कार्यसम्पादनमा कस्तो प्रभाव पार्छ ?
छिटोछिटो सरुवाले गर्दा सबैभन्दा कार्यसम्पादनमा नराम्रो असर पार्छ । राजनीतिक पहुँच र पावरको भरमा सरुवा हुँदा कर्मचारीमा असुरक्षित भाव सृजना हुन्छ । यसले गर्दा सेवा प्रवाह र व्यवस्थापनमा अन्यौलता सिर्जना गराउँछ । कुनै एउटा कार्यालयको काम राम्रोसंग काम नभएर नतिजा आउन नपाउँदै अर्को कार्यालयमा सरुवा हुँदा कार्यदक्षतामा ह्रास आउँछ । यसले गर्दा कर्मचारीको उत्प्रेरणा र मनोबलमा समेत नकारात्मक असर पर्छ ।
कर्मचारीतन्त्रको विकल्प के रहन्छ ?
कर्मचारीतन्त्रको विकल्प भनेको यसमा समसामयीक सुधार नै हो । नागरिक र कर्मचारी विचमा रहेको दुरी कम गर्ने नै हो । सेवा प्रवाहमा इमान्दारिता र निष्ठाको प्रवर्धन मार्फत निजामती सेवालाई जनमुखी बनाउन जरुरी छ । राजनितिक नेतृत्व, कर्मचारी, गैरसरकारी क्षेत्र, निजी क्षेत्र, नागरिक समाज, मिडिया र सेवाग्राहीको संयुक्त प्रयासबाट कर्मचारीतन्त्रलाई सुदृढ र सबल बनाउन सकिन्छ ।
सरकारसंगको केही अपेक्षा छ ?
सरकार भनेको आम कर्मचारीको अविभावक हो । अविभावकीय भूमिकामा रहेको सरकार प्रति पक्कै पनि कर्मचारीको अपेक्षा रहन्छ । जसलाई पनि आफु र आफ्नो पेशाप्रति सम्मान र सन्तुष्टि चाहिन्छ । म पनि अहिले सम्म आफ्नो पेशाप्रति सन्तुष्ट नै छु । प्रचलित कानुन र असल मनसाय राखी गरिएको कामको सरकारका तर्फवाट पुर्ण सरक्षण होस भन्ने अपेक्षा छ । यसवाट कर्मचारीको मनोवल उच्च रहन्छ । देशको आयस्रोत अनुसार कर्मचारीलाई सेवा सुविधा दिनुपर्छ । कर्मचारीको परिवारको पुर्ण सामाजिक सुरक्षाको प्रत्याभूति हुनु जरुरी छ । छिमेकी देशको तुलनामा हेर्ने हो भने नेपालका कर्मचारीहरले सेवा सुविधा पाउन सकिरहेका छैनन् । राष्ट्रको विकास र समृद्धिका लागि अहोरत्र खटिने जुनसुकै तहका कर्मचारीहरुलाई उनको परिवार बाँच्न सकिनेगरी सेवा सुविधा सरकारले दिनसक्नुपर्छ ।
रिटायर्डपछिको चाहना केहो ?
रिटायर्ड लाइफबारे मैंले त्यस्तो केही सोचेको छैन । रिटायर्ड हुन अझै धेरै समय बाँकी नै छ । त्यसैले रिटायर्ड लाइफबारे खासै योजना बनाएको छैंन । तरपनि सक्रिय समाज सेवाको जीवनमा रमाउन चाहान्छु । हुनत सरकारी जागिर समाज सेवाको अभिन्न अग नै हो । अध्ययन अनुसन्धान र समाजसेवालाइ नै जीवन दर्शनको रुपमा अगाल्ने सोच रहेको छ । समाजको लागि केहि पनि गर्दैन भन्ने कतिपयको सोच छ । तर मेरो हकमा भन्ने हो भने सेवा सकिए पनि समाजप्रति दायित्व कहिल्यै सकिँदैन भन्ने मेरो मान्यता रहने छ ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
जस्तोसुकै कमजोर आर्थिक अवस्थाबाट गुज्रिए पनि घरमा राम्रो वातावरण निर्माण हुन सक्यो भने केहि प्रगति पथमा अघि बढ्न सकिन्छ भन्ने कुरामा विश्वास गर्छु । त्यसका लागि निरन्तर मेहनत, धैर्यता, आँट र साहस गर्नुपर्छ ।

अंगराज परियार । ८ श्रावण २०८२, बुधबार १५:३२