प्रशिक्षण कार्यक्रम सम्पन्न

सुर्खेत:  ७२ औं मदन जयन्तीका अवसरमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पहिलो पटक जेष्ठ १३ गते खुल्लामञ्च घन्टाघरमा दिउँसो दुई बजे हुन गइरहेको राष्ट्रिय रिङ्ग रेस्लिङ प्रतियोगितालाई सफल बनाउन शुक्रबार मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा विद्यार्थीहरुको भेला एवं स्वंयमसेवक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटीका सदस्य एवं सहकारी अभियन्ता हरिहरनाथ योगीले प्रशिक्षण दिए । एकेडेमीका केन्द्रीय उपाध्यक्ष तेजबिक्रम बस्नेतले कर्णाली प्रदेश मै पहिलो पटक राष्ट्रिय स्तरको प्रतियोगिता हुन गइरहेकाले यस क्षेत्रको खेल र पर्यटनमा टेवा पुग्ने भएकाले सबै क्षेत्रबाट सहयोग गर्नुपर्ने र कार्यक्रमलाई व्यवस्थित गर्न स्वंयमसेवकहरुको महत्वपूर्ण भुमिका बारेमा चर्चा गरेका थिए । कार्यक्रममा एकेडमीका केन्द्रीय सदस्य विशाल हमाल जिल्ला अध्यक्ष जनक चौधरी, सचिव खगेन्द्र आचार्य, सन्देश थापा लगायतको उपस्तिथि रहेको थियो ।
मध्यपश्चिम विश्वविद्यालयमा अध्ययनरत खेलप्रेमी विद्यार्थीहरुको भेलाले मनिश चन्द अध्यक्ष र सिताश्री रोकाय सचिव रहेको २१ सदस्यीय मदन भण्डारी स्पोर्ट्स एकेडेमी मध्यपश्चिम विश्वविद्यालय कमिटिको गठन समेत गरिएको नगर सचिव सन्देश थापाले जानकारी गराए ।