मानवअधिकार समूहद्धारा वृक्षारोपण

ललिता विश्वकर्मा ओड
सुर्खेत: पञ्चपुरि नगरपालिकाको वडा नम्बर ५ स्थित शिवधाम धार्मिक स्थलमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ । बुधबार पञ्चपुरी मानव अधिकार समूह ( इन्सेक ) को आयोजना, आवाज संस्थाको सहयोग वडानम्बर ५ को शिवधाम धार्मिक स्थलमा वृक्षारोपण गरिएको हो ।
विश्व युवा दिवसको अवसरमा ‘दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ, हरित विश्व निर्माणमा हरित सीप विकास’ भन्ने मुल नाराका साथ वृक्षारोपण गरिएको हो । कार्यक्रममा बोल्दै कार्यपालिका सदस्य भावना रावतले वातावरण संरक्षण गर्न एक्लै सम्भव नभएकोले सबैजना लाग्नुपर्नेम जोड दिइन् । उनले दिगो विकास लक्ष्य प्राप्त गर्न पनि वन जंगलले महत्वपुर्ण भूमिका खेल्ने बताइन् ।
कार्यक्रममा बोल्दै शिवधाम धार्मिक संस्थाका अध्यक्ष नवलसिंह देउवाले योे समयमा वृक्षारोपण गर्दा धेरै नै फाइदा हुने भएकोले आयोजक संस्थाप्रति धन्यवाद प्रकट गरे । कार्यक्रममा ईलाका प्रहरी कार्यालय बाबियाचौर, महिला सञ्जाल, शिवधाम धार्मिक स्थल समिति, इन्सेकद्वारा गठित पञ्चपुरि मानव अधिकार समूह, आवाज संस्था, नेपाल रेडक्रस सोसाइटी विद्यापुर शाखा, वडा नम्बर ५ को कार्यालयदेखि विभिन्न संघ संस्थाको सहभागिता रहेको थियो ।