सुर्खेत: कर्णाली अटोमोबाईल्स एशोसिएशन नेपालको अध्यक्षमा भद्र भण्डारी सर्वसम्मत चयन भएका छन् ।
बिहिबार सम्पन्न एशोसिएशनको प्रथम वार्षिक साधारणबाट भण्डारीको अध्यक्षतामा ११ सदस्यी नयाँ कार्यसमिति चयन गरिएको हो ।
उपाध्यक्षमा गोपाल पौडेल, प्रकाश शाही र सैयद अब्बर अली चयन भएका छन् ।
त्यस्तै महासचिवमा इन्द्र खड्का, सचिवमा प्रकाश थापा र कोषाध्यक्षमा यामलाल आचार्य चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा तेजप्रकाश रिमाल, सुर्य थापा, अर्जुन दाहाल, राजन वली चयन भएका छन् ।
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले पछिल्लो समय बजारमा आर्थिक मन्दीका कारण अटोमोबाईल्स व्यवसाय अप्ठारोमा परेको बताए ।
‘पछिल्लो समय अटोमोबाईल्स सर्भिसको व्यवसाय घटेको छ । यसलाई सुधार गर्न विभिन्न निकायसँग समन्वय गरिरहेका छौं,’उनले भने, ‘व्यवसायिक हकहितका निम्ती काम गर्न नयाँ कार्यसमितिलाई शुभकामना ।’
राज्यले लिएको नीति र परिस्थितिले यो व्यवसाय अगाडी बढ्न नसकेको अध्यक्ष कँडेलको भनाई छ । नाडाका केन्द्रीय अध्यक्ष धु्रवबहादुर थापाले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अटोमोबाईल्स क्षेत्रको हकहितका लागि काम गर्न सुझाव दिए ।
त्यस्तै उपाध्यक्ष राजनबाबु श्रेष्ठले अहिलेको यो अप्ठारो परिस्थितिमा व्यवसायलाई कसरी अगाडी बढाउन सकिन्छ भन्ने विषयमा एकता हुन जरुरी रहेको बताए ।
त्यस्तै अध्यक्ष भण्डारीले आफुलाई निर्विरोध चयन गरेकोमा सम्पुर्ण सदस्य र निर्वाचन समितिलाई धन्यवाद दिँदै अटोमोबाईल्स एशोर्सिशनलाई नयाँ कार्ययोजना बनाई व्यवसायिक हकहितका लागि सदैव लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।
संस्थाको सल्लाहकारमा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल र वरिष्ठ उपाध्यक्ष गणेश बस्नेलाई मनोनित गरिएको छ ।
खुलानजर । ११ श्रावण २०८०, बिहीबार २२:१०