ग्याँस बोकेर दैलेख जाँदै गरेकाे ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु


सुर्खेत : दैलेखमा मनकामना ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट दैलेख जाँदै गरेको भे १ ख २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका-४ तालपोखरीमा बुधवार बिहान ८ः४० बजे दुर्घटना हुँदा ट्रकमा काम गर्ने कामदार र चालक गरी तीन जनाएको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
मृतकहरुको भने पहिचान खुल्न नसकेको र घटनानस्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक किसोर लम्सालले जानकारी दिए । ट्रक सडकभन्दा करिब १५० मिटर तल खसेको छ ।