औषधी व्यवसायी संघ सुर्खेतकाे अध्यक्षमा रणबहादुर खड्का

सुर्खेत: नेपाल औषधी व्यवसायी संघ सुर्खेतकाे वार्षिक साधारण सभा एवम् दाेस्राे अधिवेशन सम्पन्न भएको छ । सुर्खेतकाे अध्यक्षमा पुन: रणबहादुर खड्का चयन भएका छन् । शुक्रबार वीरेन्द्रनगरमा सम्पन्न दाेस्राे साधारणसभाले खड्काकाे नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हाे । संघकाे बरिस्ठ उपाध्यक्षमा सेतुराम पाण्डे, थाेक उपाध्यक्षमा दीर्घाकुमारी बुढाक्षेत्री, खुद्रा उपाध्यक्षमा पूर्ण बहादुर रानामगर र महासचिवमा मंगलकुमार शर्मा निर्वाचित भएका छन्। त्यस्तै संघकाे काेषाध्यक्षमा दीपाकुमारी गाहा, सचिवमा निरक गुरूङ, उपकाेषाध्यक्षमा हरि खड्का र सदस्यहरूमा कृष्णाकुमारी बाेहाेरा, सनिसरा महतम, नयाँराम न्याैपाने, टीका कुमारी थानी र रामलिला चयन भएका छन् ।


वीरेन्द्रनगरमा भएकाे साधारणसभा संस्थाले गरेका विभिन्न गितिविधि पनि सार्वजनिक गरिएको छ । संघका सुर्खेत अध्यक्ष रणबहादुर खड्काले २०३० सालदेखि निरन्तर व्यवसायीक हकहितका लागि काम गरिरहेकाे बताए । उनले काेराेना महामारीमा पनि नागरिकलाई सेवा गर्दै मूल्यमा एकरुपता गरेकाे बताए । संघका प्रदेश अध्यक्ष प्रेम भण्डारीले राज्यसंग समन्वय सहकार्य गरेर व्यवसायीक हकहितमा काम गर्ने बताए।
संघका केन्द्रीय सदस्य कृष्णबहादुर राेकायले संघ थप व्यवस्थापनका साथ अगाडि बढिरहेकाे बताए ।
त्यस्तै संघका सल्लाहकार विष्णुबहादुर खड्काले पछिल्लो समय व्यवसायीहरु समस्यामा परेकाे बताए । व्यवसायीक मर्यादा र सेवाकाे अनुभूति हुनेगरी काम गर्न अनुराेध गरे ।
उनले यहि अभियान मार्फत सुर्खेत शाखाकाे भवन बनाउन सकिने बताए ।