सुर्खेत : दलित अधिकार प्रवर्द्धन र जातिय भेदभावको व्यवहारिक अन्त्यका लागि गैरसरकारी संस्थाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सुर्खेतमा सम्पन्न गरिएको छ । सोमबार सुर्खेतमा ‘समग्र विकासको अवरोध, जातिय तथा लैङ्गिक विभेद’ भन्ने मूल नाराका साथ संघीय संसद राष्ट्रिय सभा विकास, आर्थिक मामिला तथा सुशासन समिति सिंहदरबारको समन्वय र दलित महिला संघ (फेडो) सुर्खेतकोे आयोजनामा सोमबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य नारायणदत्त भट्टले मानसिक रुपमा परिवर्तन नभएसम्म विभेदको अन्त्य नहुने बताए ।
राष्ट्रिय सभाको आर्थिक मामिला समितका सदस्य तुलप्रसाद विकले दलित समुदायको अधिकारका लागि नीति नियम बनाउन राष्ट्रिय सभाले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले समिति मार्फत विभिन्न चरणका छलफल तथा अन्तरक्रिया कार्यक्रम अगाडी बढाएकोे बताए ।
राष्ट्रिय सभाका अर्का सदस्य भुवन बहादुर सुनारले दलित समुदायको विषयमा सबै तहका सरोकारवालाहरुले चासो दिन जरुरी रहेको बताए ।
त्यस्तै राष्ट्रिय सभाकी सदस्य सावित्री मल्लले गणतन्त्र स्थापना हुनुमा सबै जात जाति र धर्म समुदायको महत्वपूर्ण योगदान रहेको बताइन् । उनले दलित समुदायको विकास र विभेद अन्त्यका लागि आफु हरदम लागिपर्ने बताइन् । स्थानीय र प्रदेशले पनि दलित समुदायको वृतिविकासका लागि बजेटमा ध्यान दिन जरुरी रहेको उनको भनाई छ ।
दलित महिला संघ (फेडो) की केन्द्रीय उपाध्यक्ष एवं सुर्खेतकी अध्यक्ष मञ्जु सुनारले कर्णालीमा दलित समुदायको अवस्था दयनीय भएको भन्दै त्यसको समाधानका लागि राज्यले ध्यान दिनुपर्ने बताइन् । उनले विकासको बाधक विभेद भएको बताइन् ।
गैरसरकारी संस्था महासंघ सुर्खेतका अध्यक्ष प्रकाश सारुले दलित समुदायका मुद्दाका विषयलाई सिजनमा मात्रै नभएर हरेक दिन ल्याउनुपर्ने बताए ।
कार्यक्रमका सहभागीहरुले दलितको अधिकार र जातिय विभेदको अन्त्यको लागि तीनै तहका सरकार, गैरसरकारी संघ संस्था र निकायको एकजुट हुनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधि, दलित अधिकारकर्मी, अभियन्ता, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

खुलानजर । ४ असार २०८१, सोमबार २१:१२