वीरेन्द्रनगरको मेयरमा काँग्रेसको अग्रता कायमै

                                                                           सुर्खेत: सुर्खेतको वीरेन्द्रनगरमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीचको गठबन्धनको अग्रता कायमै छ। नेपाली काँग्रेसबाट मेयरका उम्मेदवार उपेन्द्र खड्काले ४९९५ मत ल्याएका छन्।
एमालेका उम्मेदवार मोहनमाया भण्डारीले ४८३८र राप्रपाका मुकुन्दश्याम गिरीले१९०३ मत पाएका छन्।
उपमेयरमा भने एमालेको अग्रता छ । उपमेयरमा नेकपा एमालेका उम्मेदवार निलकण्ठ खनालले ५३८९ मत ल्याएका छन् भने गठबन्धनबाट उम्मेदवार माओवादीका शान्ति ढकालले ३४४१ मत ल्याएकी छन् ।