विद्यार्थीद्धारा मानव अधिकार स्रोत केन्द्रको अवलोकन

सुर्खेत: संस्कृत तथा साधारण माध्यामिक विद्यालय वीरेन्द्रनगर नगरपालिका –७ का कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशद्धारा स्थापना गरिएको मानव अधिकार स्रोत केन्द्रको अवलोकन गरेका छन् ।
बुधवार प्रदेश कार्याल्य वीरेन्द्रनगरमा उनीहरुले अवलोकन गरेका हुन् । अवलोकनका क्रममा इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले इन्सेकको परिचय, इन्सेक अभियान, द्वन्द्वमा इन्सेकले खेलेको भूमिका, संक्रमणकालिन न्याय लगायतका विषयमा जानकारी गराएका थिए । विद्यार्थीहरुले मानव अधिकार स्रोत केन्द्र, मानव अधिकार सहायता कक्ष, मानव अधिकार वर्ष पुस्तक, प्राची, इन्सेक अभियान, स्थिति सुचक लगायत इन्सेकका प्रकाशनहरुको अध्ययन अवलोकन गरेका थिए । अवलोकनमा आएका विद्यार्थीहरुले वर्ष पुस्तक लगायत अन्य प्रकाशनहरु आफ्नो विद्यालयको पुस्तकालयमा राख्ने प्रतिवद्धता समेत गरेका छन् ।विद्यार्थीहरुले अवलोकनबाट नेपालमा मानव अधिकारको अवस्था र इनसेकले उठाएका मुद्दाहरुक विषयमा आफुहरुलाई जानकारी भएको बताएका छन् । अवलोकनमा पाँच छात्र र तीन छात्रा गरी आठ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । विद्यार्थीहरुलाई इन्सेकका जिल्ला सहजकर्ता ललिता विश्वकर्मा लगायतको टीमले कार्यालयको अवलोकन गराएका थिए ।