राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौकुने गाउँपालिका वडा नं. ८ को वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले पर्शुराम बास्तोलाको नेतृत्वमा ९ सदस्यीय वडा समिति सर्वसम्मत रुपमा चयन गरेको छ।
समितिमा उपसभापतिमा राजकुमारी पौडेल देवकोटा, सचिवमा भीमराज सापकोटा चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा नरहरि कडेल, रतन दमाई, यामसरी सुवेदी, मिना गौतम, सन्त बुढा र बलबहादुर बास्तोला रहेका छन्।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित कर्णाली प्रदेशका सह-महामन्त्री तथा प्रवक्ता हरिप्रसाद अधिकारीले पार्टीलाई जनस्तरसम्म मजबुत बनाउन सकिने नेतृत्व गठन भएको भन्दै बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो। उहाँले पार्टी संगठनलाई व्यवस्थित गर्दै स्थानीय तहसम्म जनताको भरोसा जित्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभएको थियो।
अधिवेशनमा जिल्ला समिति सदस्य राहुल बिक, प्रदेश सल्लाहकार सदस्य जीवन देवकोटा, पालिका सभापति विष्णुप्रसाद उपाध्याय, उपसभापति मानबहादुर दानी, नेताहरू गजराज बयक, ताराकेशर सुवेदी, थिरराज अधिकारी, मदन कसेरा, मिना गौतम र टिकाराम कडेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
खुलानजर । १ चैत्र २०८१, शनिबार २०:२८