सुर्खेत: आइतबार सुर्खेतको भेरीगंगा नगरपालिका—१२ को झिंगेनारा खोलामा मृत भेटिएकी गुर्भाकोट नगरपालिका–५ की २६ वर्षीय प्रेमा ओलीलाई उनका श्रमिानले हत्या गरेको खुलेको छ । उनकै श्रीमान् २८ वर्षीय श्रीमान् दर्शन खत्रीले दुई जनाबिच पाँच वर्षदेखि विभिन्न कारण झगडा हुँदै आएकोले हत्या गरेको स्वीकार गरेका छन् । ‘दर्शन सेनामा कार्यरत भएपछि अन्य महिलाहरूसँग सम्बन्ध बनाउनतिर लागे । बाहिर तीन जना गर्लफ्रेन्ड रहेछन् । त्यो कुरा प्रेमाले चाल पाएपछि झगडा हुन थालेछ,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी रुपेश खड्काले भने, ‘विवाह भएको वर्षदेखि झगडा हुँदै आएको रहेछ । सोमबार काभ्रेबाट आएर बजारमा भेटेपछि भनाभन भएछ । अनी जंगलमा लगेर हत्या गरेछन् ।’ एसपी खड्का का अनुसार खत्रीलाई जिल्ला अदालत सुर्खेतबाट पाँच दिनको म्याद थपेर अनुसन्धान गरिएको छ । प्रेमाका माइतीहरुले ज्यान मारेको कसुर सम्बन्धी जाहेरी सोमबार इलाका प्रहरी कार्यालय छिञ्चुमा दर्ता गरेका छन् ।
के थियो घटना ?
गुर्भाकोट नगरपालिका–५, का दर्शन र सोही नगरपालिकाको वडा नम्बर ६, मेहलकुनाकी प्रेमाबिच ७ वर्षअघि प्रेम विवाह भयो । त्यसको केही समयमा दर्शनले नेपाली सेनामा जागिर खाए । र केही वर्षमा उनीहरूको छोरी जन्मिइन् । अहिले उनीहरूको छोरी पाँच वर्षको भइसकिन् । दर्शन अहिले काभ्रेको वीरदल गणमा कार्यरत छन् । जागिर खाएको केही समयमा नै सेनामा कार्यरत दर्शनले अन्य महिलासँग हिमचिम बढाउन थाले । श्रीमान्–श्रीमतिबिच यहीँबाट अविश्वास बढ्न थाल्यो । प्रेमाले श्रीमान् अन्य महिलासँग सम्बन्ध बढाएको थाह पाएरै उनीमाथि प्रश्न उठाउन थालिन् । त्यही विषयमा पाँच वर्षदेखि बुढाबुढीबिच फोनमा, भेटमा झैझगडा हुने, कुटपिट हुने गर्यो । बिचमा दर्शन बिदामा घर आए पनि अन्य महिलासँग फोनमा कुराकानी गरिरहन्थे । उक्त कुरा प्रेमालाई सह्य हुन्थेन । दर्शन शनिबार बिदामा घर आउने भए । यो कुरा स्वयं उनले नै श्रीमती प्रेमालाई भने । उनलाई छिन्चु बजारसम्म लिन आउन पनि भने । माइतीघरमा रहेकी प्रेमा श्रीमान्लाई लिन भनेर कोहलपुर–सुर्खेत रत्न राजमार्गअन्तर्गत पर्ने छिन्चु बजार पुगिन् । सुरुमा बुढाबुढीबिच राम्रै कुरा भए पनि विस्तारै झगडा हुन थाल्यो । बजारमै उनीहरूबिच झगडा सुरु भयो । श्रीमान्ले थोरै पर जङ्गलतिर जाऊँ भन्दै लगे । त्यहाँ पनि झगडा हुन थाल्यो । शनिबार बेलुका ७ बजेसम्म उनीहरूबिच झिंगेनारा जङ्गलमा झगडा भइरह्यो । त्यसपछि खत्रीले रिसको आवेगमा आएर ढुङ्गाले प्रेमाको टाउकोमा प्रहार गरे । ढुङ्गा लागेपछि प्रेमा ढलिन् । खत्रीले पाँच मिनेटसम्म त्यहाँ कुरेर बसे । त्यसपछि मृत्यु भयो भन्ने थाहा पाएपछि उनकै सलले प्रेमाको घाँटीमा बेरे । आत्महत्या गरेको जस्तो बनाउन उनले नजिकैको खोल्सामा लगेर फालिदिए । हत्यापछि नै राति ८ बजेतिर दर्शन त्यहाँबाट गुर्भाकोटस्थित घरमा गए । उक्त कुरा दर्शनले प्रहरीसँगको बयानमा स्वीकार गरिसकेका छन् । ‘केटाले केटीलाई तेरो अर्को केटा छ भन्ने, अनि केटीले केटालाई तेरो अर्को केटी छ भन्ने रहेछन्,’ एसपी खड्काले भने, ‘त्यही विषयमा दुई जनाबिच सधैँ झगडा भइरहँदो रहेछ, अहिले यस्तो घटना भयो ।’ एसपी खड्काका अनुसार श्रीमान्ले प्रेमालाई बोलाएको ह्वाट्सप च्याटमा पनि देखिएको प्रहरी प्रमुख खड्का बताउँछन् । न्थ्यो ।’ अहिले प्रेमाको शव पोष्र्टमार्टमका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा छ । आइतबार बिहान १० बजेतिर जङ्गलमा थाकलको थाकल टिप्न गएका स्थानीयहरूले खोल्सामा प्रेमाको शव देखेका थिए । उनीहरूले छिन्चु प्रहरीलाई खबर गरेका थिए । लगत्तै जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयको टोली कुकुरसहित घटनास्थलमा गएर अनुसन्धान थालेको थियो । आइतबार बेलुका नै हत्या आशंकामा श्रीमान दर्शनलाइ प्रहरीले पक्राउ गरेको थियो ।
जगतदल । २२ बैशाख २०८२, सोमबार २२:०२