स्वर्गको वेदना, हिमालको धर्ती


सुरेन्द्र रावल

प्रकृतिले हाँसेको छ हिमालको धर्ती ,
विकासमा पिछाडिदा रुँदै छ बरबर्ती
स्वर्गको वेदना, हिमालको धर्ती ।।
हिमाल झै उच्च शिर बनाउनु छ हाम्रो ।
प्राकृतिक सुन्दरतामा स्वर्ग भन्दा राम्रो ।।

निधारमा हिउँ थुप्रेको छ ।
घाँटीमा चिमाल र भुज उम्रेको छ ।
बाह्रै मास धुपी सल्लो हरियाली चुब्रेकोछ ।
फागुन चैतमा लालीगुराँस फुल फुलेर मन बुझाउछ ।
यहि बेला न्याउली चरी कुहु कुहु गित गाँउँछू

साच्चै।
मेरो छातिमा मासु विनाको करए जस्तै ।
त्यो भिरालो जमिनमा सबै अन्न बाली उम्रन्छ ।।
स्वास्थ्य शिक्षा औपचारीक छैन ।
यहाँको युवा गलत हैन
शिक्षा अपुरो पाएको छ ।
बाध्यताले गाउँमै थुमथुमाएको छ ।
साराले सुन्दर भविष्य गुमाएको छ ।।

हो त्यो मेरो जन्म भूमि हो ।
जहाँ सिरानी बाट पैताला सम्म ,
भिषण ठूला ठूला हिमताल बाट ,
वन र पाटनका जडिबुटी पखाल्दै ,
अविराम लामा लामा नदी र गाड उर्लन्छन् ।
चिमालको भञ्ज्याङमा नौ रंगी डाँफे नाच्छन् ,
निवास नजिकै मृगको हुल चर्छन् ,
श्रवण भदौको हरियालीमा कालो भालू कुर्लन्छ।।
प्रकृतिको आवाजमा रमाएको छ
न सेवा पाएको छ न सुविधा पाएको छ ।।

हो प्रकृतिले भरिपूर्ण छ ।
विकासमा अपूर्ण छ हिमाल पहाडको धर्ती ।।
प्रदेश सरकार र राज्यबाट छुट्याउने रकम ,
यहाँको लागि चुहिने गाग्रीको पानी जस्तै छ
पहिला प्रथम पानी भर्नै सकिँदैन,
भरियो भने पनि ठाउँमा पुग्न, चाहिने ठाँउमा पर्नै सक्दैन ।
तीतो सत्य यही हो सरकार ,
तिम्रो आँखामा बिकट क्षेत्र पर्दैन ।
तसर्थ विकटमा रोजगारको बजेट झर्दैन,
धन्न आफै उब्जाएको अन्नबाली छ र पो ,
छाक टार्न कोही कसै सामु झुक्नु पर्दैन ।।

सुन्दर छु तर पनि ठूलो संकटमा छु ,
पशु ले झै स्वयं गोठमा जन्म लिएको हु ,
तर पनि अस्पतालमा जन्मेका भन्दा बलियो छु ।
कारण अर्गानिक खाना पाउँछ
चिसो र शुद्ध पानीको मूल आउँछ ।।
संस्कार र संस्कृतिको धनी छ ,
देवता जस्तै पाहुनालाई सम्मान छ सत्कार छ ,
सबथोक ले भरिपूर्ण छ कसैको अपमान छैन्
बिडम्बना एउटा गतिलो नेतृत्त्व छैन
समाज चलाउने व्यक्तिको असल कमाण्ड छैन् ।।
यस्ता कुराले हिउँ पग्ले झै आँसु खसाल्दै
रोइरहेको छ धरधर्ती,
प्रकृतिले मात्र हाँसेको छ हिमाल धर्ती ।।
स्वर्गको वेदना, हिमालको धर्ती