
०५९ साल जेठ १३ गते राज्यको नियन्त्रणमा रहेका बेला उनको हत्या गरिएको थियो। उनले सम्पादन गर्दै आएको ‘जनादेश’ साप्ताहिकले तत्कालीन सत्ताविरुद्ध जनताको आवाज बुलन्द गर्ने सामग्री प्रकाशन गर्दै आएको थियो । रक्तदान कार्यक्रममा सहभागीहरु मध्येबाट १० पिन्ट रगत संकलन गरिएको रेडक्रस सुर्खेतका प्राविधिक देपेन्द्र केसीले जानकारी दिए । रक्तदान कार्यक्रममा प्रेस सेन्टर सुर्खेतका अध्यक्ष टेकेन्द्र विश्वकर्माले इच्छुकले देखाएको बाटोमा लाग्न सधै कटिबद्द रहने विचार व्यक्त गरे । सहभागीहरुले इच्छुकको योगदान स्मरण गर्दै देश परिवर्तनमा कलमको शक्ति कति प्रभावकारी हुन्छ ? भन्ने प्रेरणा दिने बताउँदै उनलाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।
खुलानजर । १४ जेष्ठ २०८२, मंगलवार २०:०५