स्थानीय तह कर्मचारी युनियनको सचिवमा भट्टराई


सुर्खेत: स्थानीय तह कर्मचारी युनियन नेपाल को केन्द्रीय सचिवमा नारायण भट्टराई निर्वाचित भएका छन् । कांग्रेसको शुभेच्छुक संस्था रहेकाे युनियनको काठमाडौंमा  सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनबाट भट्टराई निर्विरोध निर्वाचित भएका हुन । यसअघि उनी कर्णाली प्रदेश अध्यक्षकाे रुपमा थिए ।
विद्यार्थी कालदेखि नै नेविसंघबाट राजनीतिक सुरुवात गरेका उनी २०७२ सालमा निजामती सेवामा प्रवेश गरेका हुन् । भट्टराई नेपाल निजामती कर्मचारी युनियन कालिकोटकाे सदस्य , नेपाल स्वास्थ्यकर्मी संघ कालिकोटको वरिस्ठ उपाध्यक्ष , स्थानीय तह कर्मचारी युनियन नेपाल कर्णाली प्रदेश सचिव हुँदै कर्णाली प्रदेशको अध्यक्ष समेत भएका थिए । भट्टराई अहिले सुर्खेतकाे बराहताल गाउँपालिकामा कार्यरत छन् ।