नयाँ वर्षको अवसरमा गोरेटोमा चर्चित गायिका बेनीसाको प्रस्तुति


सुर्खेत: सुर्खेतको वीरेन्द्रनगरपालिका- ६ स्थित ´गोरेटो फ्याम्ली रेष्ट्रो एण्ड लाइभ म्युजिक बार´मा नयाँ वर्षको अवसरमा गोरेटो साँझ कार्यक्रम भइरहेको छ ।
नयाँ वर्षको पूर्वसन्ध्यामा बिहिवारदेखि सुरु भएकाे गोरेटो साँझमा चर्चित गायीका बेनिसा पौडेल र गोरेटो लाइभ म्युजिक बारका सदस्यहरुको प्रस्तुती रहएकाे छ । चर्चित गायिका बेनीसा पौडेलको आवाजमा ‘ए हावा, हाम्रो यो माया कहिले नछुटोस्, लगायतका थुप्रै सांगितिक प्रस्तुतीहरु रहनेछन् ।
आज बिहिबार साँझ ४ बजेदेखि सुरु भएको कार्यक्रममा प्रवेश निशुल्क रहेकाे छ भने लाइभ म्युजिक बारको लागि टेवल बुक गर्ने व्यवस्थापन गरिएको छ । २०७९ लाई बिदाइ तथा नयाँ बर्ष २०८० लाई स्वागत र सांगितिक क्षेत्रकाे संरक्षण गर्नका लागि उक्त कार्यक्रमकाे आयोजना गरिएको जनाइएको छ ।