६ सय ६० जना कोरोना संक्रमित थपिए

काठमाडौं– देशभर थप ६ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ६ सय ८२ जनाको कोरोना परीक्षण गर्द ६ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उक्त अवधिमा १ हजार ९ सय ४२ जनाको पीसीआर र २ हजार ७ सय ४० जनाको एन्टिजेन परीक्षण गरिएको थियो । पीसीआर परीक्षण गरेकामध्ये ३ सय २६ जना र एन्टिजेन परीक्षण गरेकामध्ये ३ सय ३४ जनामा कोरोना संक्रमण देखिएको हो। योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ४१ पुगेको छ । यस्तै, कोरोना संक्रमणबाट पछिल्लो २४ घण्‍टामा १ जनाले ज्यानसमेत गुमाएका छन् ।