कर्णाली सरकारबाट बाहिरियो एमाले


सुर्खेत: कर्णाली प्रदेश सरकारबाट नेकपा एमालेका मन्त्रीहरूले राजीनाका दिएका छन् । एमालेबाट कर्णाली सरकारमा सहभागी मन्त्रीहरूले आइतबार राजीनामा दिएका हुन् ।
एमालेबाट कर्णाली सरकारमा सहभागी आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले राजीनामा दिएका छन् । माघ ६ गते र चैत १७ गते एमालेले माओवादी नेतृत्वको सरकारलाई विस्वासको मत दिएको थियो । अब कर्णाली प्रदेशमा कांग्रेस र माओवादीको सरकार बन्ने छ । सरकारको नेतृत्व कसले अगाडी लिने भन्ने विषयमा भने सहमति भएको छैन ।