
सुर्खेत : राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको कर्णाली प्रदेश समिति गठन गरिएको छ। साेमबार वीरेन्द्रनगरमा सम्पन्न भेलाले कुलेन्द्र शाहीकाे अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हाे । वरिष्ठ उपाध्यक्षमा विक्रान्त चालिसे, उपाध्यक्षमा अनिता विक, सचिवमा पूर्ण सार्की, सह–सचिवमा मनोज बोहरा, कोषाध्यक्षमा टिका घिमिरे र सह–कोषाध्यक्षमा महेश बस्नेत चयन भएका हुन्।
त्यस्तै, सदस्य तथा प्रवक्तामा यादव पौडेल, महिला विभाग प्रमुखमा रमिता खड्का, प्रचार–प्रसार विभाग प्रमुखमा चन्द्रप्रसाद भट्टराई, सदस्य सचिव (प्रचार–प्रसार) मा हिमेन्द्र विक चयन भएका छन्।
अन्य सदस्यहरूमा प्रज्वल चुनारा, कमलकुमार न्यौपाने, जनक दसौंदी, प्रकाश शाही, रुपलाल बुढाथोकी, दीपक सापकोटा र पुजा रावल रहेका छन्।
कार्यक्रममा इन्द्रेणीका सञ्चालक तथा लोकदोहोरी क्षेत्रका चर्चित व्यक्तित्व कृष्ण कंडेलले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै परम्परागत लाेक संस्कृतिलाई सशक्त ढंगबाट अगाडि बढाउ सुझाव दिए ।
त्यस्तै संस्थाका केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज कमल सरगमले छरिएर रहेका लाेक सञ्चारकर्मीहरुलाई संगिठत गराएर छुट्टै पहिचान बनाउनका लागि संगठनकाे विस्तार गरेकाे बताए ।
उनले भर्चुअल भाेटिङबाट नेतृत्व छान्ने प्रक्रिया कर्णालीबाट सुरु गरिएको बताए ।
नवगठित समितिले लोकसञ्चार क्षेत्रको विकास, लोक कला संस्कृति संरक्षण, तथा कर्णालीका स्थानीय प्रतिभालाई राष्ट्रियस्तरमा पहिचान दिलाउने लक्ष्य लिएकाे अध्यक्ष कुलेन्द्र शाहीले बताए ।
कार्यक्रममा राष्ट्रिय समाचार समितिका कर्णाली प्रदेश प्रमुख सुर बहादुर सिंह, नेपाल पत्रकार महासंघ सुर्खेतका सहसचिव जगतदल जनाला विक लगायत सञ्चारकर्मीहरुकाे सहभागिता रहेकाे थियाे ।

खुलानजर । २३ मंसिर २०८२, सोमबार १९:२९