विपन्न बालबालिकालाई आर्थिक सहयोग

ललिता विश्वकर्मा ओड
सुर्खेत: आर्थिक अवस्था कमजोर भएका र बुवा आमा गुमाएका विपन्न बालबालिकालाई आर्थिक सहयोग गरिएको छ ।
यूनिसेफको सहयोग तथा बागेश्वरी असल शासन क्लवको समन्वयमा वीरेन्द्रनगर नगरपालिकाका चार जना विपन्न बालबालिकालाई पाँच हजार रुपैयाँका दरले अध्ययन सहयोग हस्तान्तरण गरिएको हो ।
‘बुवा आमा गुमाएका र आर्थिक अभावका कारण विद्यालयमा पढ्नबाट बञ्चित हुनुपर्ने अवस्था आएका चार जना बालबालिकालाई युनिसेफको सहयोग सहयोग गरेका छौं,’बासका कार्यकारी निर्देश्क नमस्कार शाहले भने, ‘दुई बालक र दुई बालिका गरी चार जनालाई पाँच हजारका दरले सहयोग गरेका छौं ।’
यस्तै हस्तान्त्रण कार्यक्रममा बोल्दै गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य घनश्याम केसीले आर्थिक अभावकै कारण विद्यालय छोड्नुपर्ने बाध्यता रहेका बालबालिकालाई सहयोग गरेकोमा धन्यवाद दिए ।
वीरेन्द्रनगर नगरपालिका–५ का वडा सदस्य योगेन्द्र थापाले पढ्ने पाउने बालबालिकाको हकअधिकार भएपनि कैयौं बालबालिका सहयोग नपाएरै विद्यालय छोड्ने गरेको बताए ।
उनले यसरी सरकारी तथा गैरसरकारी संघसंस्थाले समस्यामा परेका बालबालिकालाई सहयोग गरे उनीहरुको भविष्य उज्वल हुने बताए ।
कार्यक्रममा बासका कर्णाली प्रदेश संयोजक धिरेन्द्र शाही, केन्द्रीय कार्यालयका जनसम्पर्क अधिकृत माधव कार्की, सुर्खेत शाखाका अध्यक्ष जगतदल जनाला विक लगायत अन्य कार्यसमितिका पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो ।