प्रदेश प्रमुख परियारद्वारा कार्टुन प्रदर्शनीको अवलोकन


सुर्खेत: कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले कार्टुन प्रर्दशनीको अवलोकन गरेका छन् ।
कार्टुनिस्ट क्लब अफ नेपालको आयोजनामा ग्राजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजी मध्यपश्चिम विश्वविद्यालय वीरेन्द्रनगर सुर्खेतमा आयोजना गरिएको कार्टुन प्रदर्शनीमा प्रदेश प्रमुख परियारले अवलोकन गरेका हुन् ।
उक्त प्रदर्शनीका कार्यक्रममा बोल्दै प्रदेश प्रमुख परियारले गरिबी बेरोजगारी र सामाजिक सांस्कृतिके रुपले पछाडी परेको क्षेत्रलाई राज्यका निकायसम्म पु¬याउन कार्टुन र मिडियाले महत्वपुर्ण भूमिका खेल्ने बताए ।
प्रमुख परियारले सुसासन, पारर्दशि र खबरदारी गर्न सञ्चार जगतको ठुलो योगदान रहेको भन्दै सामाजिक सांस्कृतिकरुपमा समेत मिडियाको राम्रो प्रभाव रहेको भन्दै प्रशंसा गरे ।