जुम्लाको तिला गाउँपालिकामा काँग्रेसले लगायाे ताला 

जुम्ला: नेपाली कांग्रेसले जुम्लाको तिला गाउँपालिकामा अनिश्चितकालीन ताला लगाएको छ । नेपाली कांग्रेस तिला गाउँ कमिटीले विभिन्न १५ बुँदे माग राख्दै गाउँ कार्यपालिकाको कार्यालयमा ताला लगाएको हो । तिला गाउँपालिकाले गरेका कुनै पनि निर्णय कार्यान्वयन नभएको भन्दै नेपाली कांग्रेस गाउँ कमिटीले गाउँपालिकामा ताला लगाएको कांग्रेस जुम्लाका सहसचिव धनेन्द्र बोहोराले जानकारी दिए । १५ बुँदे माग सम्बोधन नहुँदासम्म ताला नखोल्ने चेतावनी कांग्रेसले दिएको छ ।‘ हालसम्म कार्यपालिकाले गरेका कुनै पनि निर्णय कार्यान्वयन भएनन्,’ सहसचिव बोहोराले भने, ‘सरकार जनताप्रति उत्तरदायी नदेखिएकाले ताला लगाउन बाध्य भएका हौं ।’ कांग्रेसले सूचना अधिकारी नतोकिएका कारण सही सूचना प्राप्त गर्न नसकेकोस प्रमुख प्रशासकीय अधिकृत दलगत स्वार्थबाट प्रभावित देखिएकोस जनप्रतिनिधिसँग समन्वय नगरी वडासचिव खटनपटन गरेको र सेवा प्रवाहमा ढिलासुस्ती भएको कांग्रेसले जनाएको छ ।तिला हाइड्रोको डीपीआर, आईए, ईआईए रिपोर्ट र खर्च विवरण सार्वजनिक गर्न पटक–पटक आग्रह गरे पनि नटेरेको आरोप कांग्रेसले लगाएको छ । यो आयोजना नेकपा माओवादी केन्द्रका संघीय सांसद गजेन्द्रबहादुर महतले सांसद विकास कोष र गाउँपालिकाको साझेदारीमा अघि बढाइएको योजना हो ।प्रमुख प्रशासकीय अधिकृतले तीन–तीन महिनासम्म कार्यालयमा उपस्थित नहुँदा समेत हाजिर गरेर गैरजिम्मेवार बनेकोस गाउँ सभाबाट विनियोजन गरेको म्याचिङ फन्ट मनपरि ढंगले विभन्न शीर्षकमा विनियोजन गरी योजना सूत्रमा समावेश गरेकोस बजेट कार्यन्वयनमा ढिलासुस्ती गर्दै टेन्डर र डीपीआर प्रक्रियामा जान नसकेकोस औषधि खरिद प्रक्रिया खरिद इकाई समिति गठन नगरेर प्रक्रिया थालिएको भन्दै कांग्रेस कार्यकर्ताले अनिश्चितकालीन ताला लगाएका हुन् ।विद्यार्थी दिवा खाजा र सेनेटरी प्याडको ८० लाख रुपैयाँ फ्रिज गरेकाले उचित छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरिएको छ । पालिकामा रिक्त पदमा समयमै पदपूर्ति नगरेको र लोकसेवामा माग गर्नुपर्ने पदहरूको माग नभएकोस शिक्षा विकास तथा समन्वय इकाई, कार्यपालिका र शिक्षा समितिको निर्णयबिना शिक्षक सरुवा र प्रधानाध्यापक नियुक्ति गरिएको विषयलाई समेत कांग्रेसले पेचिलो ढंगले उठाएको छ ।सामाजिक सुरक्षाभत्ता त्रैमासिक रुपमा नदिएको र वर्षको एकपल्टमा दिने गरेको गरिएको छ । तिला–९ का वडाध्यक्ष धनबहादुर रावतले सबै मागको उचित सम्बोधन नभए ताला नखोलिने बताए ।