पञ्चपुरीमा भकारीको परियोजना समापन समारोह सम्पन्न

असार: युएसएआईडीको आर्थिक सहयोग, मर्सिकोर नेपालको प्राविधिक सहयोगमा सुन्दर नेपाल संस्थाद्वारा सञ्चालित भकारी परियोजनाको पञ्चपुरी नगरापालिकामा पालिका स्तरीय परियोजना समापन समारोह सम्पन्न गरिएको छ । भकारी परियोजना पञ्चपुरी नगपालिकाका चार वटा वडाका १२ समुदायमा सन् २०२० अक्टोबरदेखि लागु गरिएको थियो ।
परियोजनाले कृषि तथा पोषण, विपद् जोखिम न्युनिकरण, उत्पादनमूलक पानी, लैंगिक समानता र समावेशीकरण, आपतकालिन प्रतिकार्य लगायतका कार्यक्रमहरू सञ्चालन गर्दै आएको थियो । परियोजना सुर्खेतमा पञ्चपुरी नगरपालिकाका १२ वटा समुदाय, चौकुने गाउपालिकाका १२ वटा समुदाय र बराहताल गाउपालिकाका २३ वटा गरी ४७ समुदामा लागु गरिएको थियो । जसबाट चार हजार ४९४ संकटासन्न घरधुरीहरुले लाभ लिएका छन् ।
पञ्चपुरीमा १२ वटा कृषि समूह मार्फत जिविकोपार्जन कार्यक्रम, १० वटा सिंचाई योजना निर्माण, १२ वटा सामुदायिक विपद् व्यवस्थापन समिति गठन, ६ वटा बायो इन्जिनियरिग कार्य र आपतकालिन प्रतिकार्य तर्फ कामका लागि नगद, मूल्य भौचर, विपद् संवेदनशील सामाजिक सुरक्षा लगायत कार्यक्रमहरु सञ्चालन गरिएको थियो । त्यस्तै कार्यक्रम मार्फत पञ्चपुरीका चार वटा वडाका जम्मा १२ सय ६२ घरधुरी समेटिएका छन् । पञ्चपुरीका नगर प्रमुख लालविर भण्डारीको अध्यक्षता र मर्सिकोर नेपालका कन्ट्रीडाइरेक्टर क्रिस्टी गेटमेनको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा हालसम्म भएका गतिविधिहरुको विवरण पालिकालाई हस्तान्तरण गरिएको छ ।


त्यस्तै पालिकाको तर्फबाट उपप्रमुख र प्रमुखले भएका गतिविधिलाई निरन्तरता दिने र दिगो सञ्चालनका लागि सहयोग प्रतिवद्धता समेत व्यक्त गरेका छन् । उनीहरुले पालिकाको समृद्धिमा टेवा दिएको भकारी कार्यक्रमको प्रशंसा गर्दै अगामी दिनमा पनि यस्तै परियोजना सञ्चालनका लागि अनुरोध समेत गरेका छन् । ५५ जनाको सहभागिता रहको सो कार्यक्रममा सेवाग्राहीले कार्यक्रम प्रभावकारी भएको धारणा राखेका थिए ।