‘कविको कलम’ :जहाँबाट उत्पादन हुनेछन् कवि

सुर्खेत : कर्णालीबाट साहित्यकार उत्पादन गर्ने उद्देश्यका साथ ह्वाइट विङ्स प्रडक्सन हाउसले ‘कविको कलम’ नामक डिजिटल कार्यक्रम उत्पादन र प्रशारण गर्ने भएको छ । कर्णालीमा लुकेर रहेका कविता र प्रतिभाहरुको खोजी गरी आउने ‘द पोईट आइडलमा’ कर्णालीको सहभागिता बढाउन यो कार्यक्रम ल्याउन लागिएको प्रोडक्सन हाउसका प्रबन्ध निर्देशक किरण कुमार बैगारले जानकारी दिए ।
‘कर्णालीमा लुकेर रहेका कैयौं कवि र प्रतिभा छन् । तीनीहरुको पहिचान गरी धेरै भन्दा धेरै कविहरु उत्पादन गर्ने र आउने ‘द पोईट आइडलमा’ कर्णालीको सहभागिता बढाउनु हाम्रो उद्देश्य हो,’बैगारले भने, ‘यस कार्यक्रमले कर्णालीको साहित्यमा पनि थप टेवा पुग्नेछ ।’
पुस १ गतेदेखि सुर्खेतको वीरेन्द्रनगरबाट सञ्चालन गरिने कार्यक्रममा कर्णालीमा बसेर कवितामा रुचि राख्ने व्यक्तित्वले सहभागी हुन पाउनेछन् । सहभागी हुनका लागि आफु रहेको जिल्ला र पालिकाबाटै प्रविधिको सदुपयोग गरेर पनि सहभागी हुन पाउने छन् ।
त्यी मध्ये पाँच जना कविलाई डिजिटल प्लेटफर्मको माध्यमबाट उनीहरुका रचनाहरु निशुल्क प्रशारण गरिनेछन् । हरेक सिजनमा पाँच जनाको रचनालाई पाठक र दर्शकसम्म पु¬र्याउने योजना प्रोडक्सन हाउसको छ । पाँच जना कविलाई उनीहरुको कविताको विषयवतु र प्रस्तुतीरणका आधारमा निर्णायक मण्डलले छान्ने आयोजकले जनाएको छ ।
उक्त रचनाहरु प्रोडक्सन हाउसले गुणस्तरीय भिडियो सामग्रीका रुपमा प्रचार–प्रसार गरिदिने छ । जसबाट उनीहरुको व्यक्तित्व विकास साहित्यमा रुचि बढ्ने विस्वास आयोजकको छ ।