मिस नेपालको प्रदेशस्तरीय अडिसन सोमबार सुर्खेतमा हुँदै

सुर्खेत: मिस नेपालको आगामी संस्करणका लागि सोमबार वीरेन्द्रनगरमा अडिसन हुने भएको छ । यसबारे जानकारी दिन होटल सिद्धार्थमा आयोजित पत्रकार सम्मेलनमा मिस नेपालको अन्तिम अडिसनमा सातै प्रदेशबाट प्रतिनिधित्व गराउने उद्देश्यले अडिसन गर्न लागिएको आयोजक द हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकरले जानकारी दिए ।
कार्यक्रममा मिस नेपाल प्रियंकारानी जोशी, मिस नेपाल अर्थ सरिशा श्रेष्ठ र मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्काको उपस्थिती रहेको थियो । अडिसनका लागि आइतबार ओरिएन्टेसन र सोमबार अडिसन कार्यक्रम हुने जनाईएको छ । इटहरीदेखि सुरु भएको अडिसन वीरगञ्ज, पोखरा, र  नेपागन्जमा  सम्पन्न भइसकेको छ ।

मिस नेपाल प्रियंकारानी जोशीले आगामी मिस वल्र्डमा आफ्नो तयारीबारे अनुभव सुनाएकी थिइन । ‘नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने राम्रो प्लेटफर्मको रुपमा मैले मिस नेपाललाई लिएको छु । मेरो उद्देश्य मिस वल्र्डमा जानु हो ।’ जोसीले भनिन् ।
प्रतियोगितामा सहभागी हुन योग्यता पुगेका इच्छुकले आगामी चैत १ गतेसम्म मिस नेपालको वेबसाइटमार्फत निःशुल्क आवेदन दिन सक्नेछन् ।
यस वर्ष २०२३ को मिस नेपाल प्रतियोगितामा न्यूनतम ५ फिट ३ इन्च उचाइ तथा १८ देखि २७ वर्षका अविवाहित नेपाली नागरिकता सहित नेपाली पासपोर्ट भएका युवतीले आवेदन दिन सक्नेछन्।
यो प्रतियोगितामा यसअघि जस्तै मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनल गरी तीन विधामा मुख्य विजेता घोषणा गर्ने  आयोजकले जनाएको छ।
प्रतियोगितालाई फराकिलो बनाउँदै सातै प्रदेशमा अडिसनगर्ने र स्थानीय प्रतिस्पर्धीलाई समेट्ने गरि कर्णालीमा पनि पुगेकाे अध्यक्ष राजकर्णिकारले बताए ।
क्षेत्रीय अडिसन मार्च १५, २०२३ भित्रै हुनेअध्यक्ष राजकर्णिकारले जानकारी दिए। मिस नेपालमा कर्णालीबाट करिब एक दर्जन सहभागी प्रतिस्पर्धामा जाने अनुमान आयोजककाे छ ।
गत वर्षको मिस नेपाल अर्थ २०२२ सरिशा श्रेष्ठले मनिला, फिलिपिन्समा मिस अर्थ २०२२ प्रतियोगितामा सहभागी भएकी थिइन्। सरिशाले बेस्ट इको भिडियो (एसिया) जित्न सफल भएकी थिइन्।
यस्तै मिस नेपाल इन्टरनेशनल २०२२ न्यान्सी खड्का जापानको टोकियोमा आयोजित मिस इन्टरनेशनल २०२२ मा सहभागी भएकी थिइन्।
त्यस्तै मिस नेपाल वल्ड प्रियंका रानी जोशी मिस वर्ल्ड २०२३ मा सहभागी हुने तयारीमा छिन्। उनले कर्णालीबाट पनि मिस नेपाल हुनसक्ने सम्भावना रहेकाे बताइन् ।
उनीहरुले याे एटा उदाहरणीय प्लेट फर्म भएको समेत सुनाए ।
गत वर्ष झण्डै ७०० जनाले आवेदन दिएका थिए ।
यस वर्षको मिस नेपाल प्रतियोगितामा पनि पूनः डाबर वाटिका मुख्य प्रायोजकको रूपमा छ भने दर्जनभन्दा बढी उपशीर्षक प्रायाेजकका रुपमा छन् ।
यस पटक दुई नयाँ सह- प्रायोजक क्याथाफिल समर्सब्बी प्रमियम साइडर रहेका छन् ।
यस वर्ष पनि फेरि नेपाल पर्यटन बोर्ड पर्यटन पार्टनरको रूपमा रहेको छ । प्रतियोगीहरुलाई विभिन्न विधाका उत्कृष्ट प्रशिक्षकहरूद्वारा गुरुमिङ सम्बन्धी दुई महिना तालिमहरु सञ्चालन गरिनेछ ।
आगामी जेठ १३ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा अन्तिम अडिसन हुनेछ । सन् १९९४ देखि मिस नेपाल निरन्तरुपमा चलिरहेकाे छ ।