कोरिया गएकाहरूका आफन्तसँग मनोसामाजिक विमर्श


सुर्खेत: रोजगारीको शिलशिलामा कोरिया गएकाहरुका आफन्तसँग मनोसमाजिक विमर्श गरिएको छ । श्रमिकहरुले भोग्ने मानसिक पीडाबाट निम्तिन सक्ने सम्भावित जोखिम न्यूनिकरण गर्न र परिवारको भूमिकाका विषयमा मनोसामाजिक विमर्श गरिएको हो ।
के हामी परियाेजना अन्तरगत अङ्कुर नेपालको आयोजनामा वित्तिय साक्षरता र मनोसामाजिक परामर्श सम्बन्धित तालिम सञ्चालन गरिएको ए–वन एजुकेशनका कोरियन भाषा प्रशिक्षक तथा अङ्कुर नेपालका आजीवन सदस्य डायमण्ड ज्योती शर्माले जानकारी दिए ।
कार्यक्रममा नेपालवाट रोजगारीका लागी दक्षिण कोरियामा रहेका नेपालीका परिवारका सदस्यहरुलाई कोरियामा दुःख गरेर कमाएको पैसाको कसरी सदुपयोग गर्ने, कुन क्षेत्रमा लगानी गर्ने भन्ने विषयका साथै भविश्यको सुनौलो जीवनका लागी बचत तथा मितव्ययीता सम्वन्धि परामर्श दिइएको उनले बताए । कोरियामा पुगेका नेपाली श्रमिकले भोग्ने मानसिक पीडाबात निम्तिन सक्ने सम्भावित जोखीम र पारिवारको भुमिका कस्तो रहने भन्ने विषयमा मनोसामाजिक विमर्शको सेवा सम्बन्धमा छलफल गरिएको छ । कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख निलकण्ठ खनालले आफूलाई अमेरीका, अष्ट्रेलीया, यूरोप जानेभन्दा कोरिया जाने भनेको सुन्दा खुसि र गर्व लाग्ने गरेको बताए ।
उनले अमेरीका लगायतका देशहरुबाट पुँजि र सिप नेपाल खासै नफर्किर्ने तर कोरियाबाट सिप, पुँजी दुवै फर्किर्ने र स्वदेशमै धेरै जनाले उद्यमशिलतामार्फत रोजगारी वृद्धिमा सहयोग पुर्याइरहेको बताए । कोरियामा रोजगारी गरेर स्वदेश फिर्ता पछि धेरै यूवाहरुले स्वदेशमै आफ्नै सामर्थ्यमा निक्कै राम्रा काम गरिरहेको र सबै वर्तमान परिवेशमा उनिहरुका परिवारलाई आर्थिक सचेतता तथा पारिवारीक भुमिका बारे बेला बेलामा कार्यक्रम गर्न आवश्यक रहेको ९ नम्बर वडाका वडाध्यक्ष ऋषि गिरीको भनाई छ । उनले आफूले आफ्‌नोस्तर बाट सहयोग गर्ने प्रतिवद्धता जनाए ।
ए–वन एजुकेशनका कोरियन भाषा प्रशिक्षक तथा अङ्कुर नेपालका आजीवन सदस्य डायमण्ड ज्योती शर्माले स्थानीय तहले योजना तर्जुमा तथा बजेट विनियोजन गर्दा विदेशबाट फर्किएका व्यक्तिहरू मध्येबाट पनि सहभागीता गराउन आग्रह गरे । कार्यक्रममा वित्तीय सुरक्षा सम्बन्धि जानकारी खेमराज जोशी र मनोसामाजिक परामर्शका विषयमा मनोसामाजिक परामर्शदाता शेर बहादुर हमालले सहजिकरण गरेका थिए । कार्यक्रममा लामो समय कोरियामा काम गरि हाल सुर्खेतमा सामाजिक कार्यसँगै व्यवसाय गरिरहेका लक्ष्मिनारायण बस्नेत, दिपा ढकाल लगायतको उपस्थिति थियो ।