वडा सदस्य तारामीले ९१ बालबालिकालाई गरे सहयाेग

सुर्खेत : गत जेठमा सम्पन्न स्थानीय तहको चुनावमा उम्मेदवार बन्दै गर्दा आफुले गरेको घोषणा पञ्चपुरी ६ सुर्खेतका वडा सदस्य कर्ण बहादुर तारामीले आज पूरा गरेका छन । स्थानीय तहको निर्वाचनमा बिजयी भएपछि सरकारी सेवा सुबिधा नलिने प्रतिबद्धता गरेका तारामीले आज समूह प्राथमिक बिद्यालयका बालबालिकालाई न्यानो कपडा बितरण गरेका छन ।

बालविकास, विशेष कक्षा देखि ५ सम्मका बालबालिकालाई आफ्नो सेवा सुबिधा बाट प्राप्त रकमले कपडा बितरण गरेका हुन । न्यानो कपडा बितरण कार्यक्रममा बोल्दै वडा सदस्य तारामीले समूह प्राथमिक बिद्यालयबाट सहयोग सुरुवात गरेको र अब यसलाई निरन्तरता दिने बताएका छन । बिद्यालयमा निरन्तर अध्यन गरिरहेका ९१ जना बालबालिकालाई करिव ३९ हजार ५ सय बराबरको सहयोग गरिएको हो ।

सहयोग बुझ्दै बिद्यालयका प्रधानाध्यापक प्रेम बिष्टले देशभरी मध्यबाट केही जनप्रतिनिधिले सहयोगको कार्यक्रम गर्ने गरेको र जसमध्य तारामी पनि एक भएको बताएका छन । बिष्टले देशभरका अरु जनप्रतिनिधिले पनि यस्तो कामको सिकाई गर्न जरुरी रहेको समेत बताएका छन । पुषको कठ्याङ्ग्रिदो जाडोमा न्यानो कपडाले बालबालिकामा ठुलो राहत मिलेको समेत बिष्टले बताएका छन ।

कार्यक्रममा नगरशिक्षा शाखाका पुर्णिमा चन्द, बिब्यस अध्यक्ष पदमबहादुर रावल लगाएत अभिभावकहरुको सहभागीता रहेको थियोे । तारामि स्थानीय तहको चुनावमा नेपाली काङ्ग्रेसका देब बहादुर सार्की संग मत बराबर भएपछि गोला प्रथाबाट सदस्यमा बिजयी भएका हुन ।