पुर्व खेलाडीहरुलाई सम्मान

सुर्खेत: पञ्चपुरी नगरपालिका वडा नम्बर ६ का पुर्व खेलाडीहरुलाई सम्मान गरिएको छ । बुधबार पुर्व खेलाडीहरु रामबहादुर बिष्ट, नन्द विक, मन बहादुर बरै, डम्बर बिसी लगायतका खेलाडीलाई सम्मान गरिएको हाे । खेल क्षेत्रका संस्थापक र स्थानीय खेल खेलेका र राष्ट्रिय तथा अन्य खेलमा सहभागी भइ उत्कृष्ट खेल खेलेका खेलाडीलाई एक-एक थान जुता र जर्सीसेट वितरण गरि दाेसल्लाले सम्मान गरिएको छ । साथै खेलाडी धनसिङ विकलाई मासिक एक हजार रुपैयाँ भत्ता समेत दिने निर्णय गरिएको वडा नम्बर ६ काे कार्यालयका कर्मचारी प्रेम सुनारले जानकारी दिए ।