काे हुन् विद्यापुर क्याम्पसमा स्ववियु सभापतिका उम्मेदवार चेतन ?

सुर्खेत: कक्षा चार- पाँच पढ्दादेखि नै पञ्चपुरी नगरपालिका-६ का चेतन नेपाली बाल समुहमा आवद्द भए । उनी बालसमुहमा आवद्द मात्रै भएनन्, बालबालिकाका हकअधिकारका विषयमा गरिने विभिन्न क्रियाकलापमा सहभागी हुन्थे । यसरी कक्षा नाैं सम्म उनले बाल समुहमा निरन्तर काम गरे । कक्षा नाैं बाट उनी नेपाली कांग्रेसकाे भातृसंगठन नेपाल विद्यार्थी संघमा आवद्द भएर काम गरे। उनले नेविसंघलाई सशक्त बनाउन पश्चिम सुर्खेतका विभिन्न विद्यालयमा गएर संगठन विस्तारकाे काम गरे । पढाईसँगै समाजसेवामा पनि उत्तिकै चासाे राख्ने चेतनले आर्थिकरुपमा कमजाेर भएर उपचार नपाएकाहरुलाई विभिन्न माध्यमबाट सहयाेग जुटाइ सहयाेगकाे अभियान पनि जुटाएका थिए । उनै चेतन अहिले विद्यापुर जनता बहुमुखी क्याम्पस पञ्चपुरी-९ मा नेविसंघबाट स्वतन्त्र विद्यार्थी युनियनका लागि सभापतिकाे उम्मेदवार छन् । व्यवस्थापन संकायमा `थर्ड सेमिष्टार´ अध्यनरत छन् ।
चार दिदि र दुई मध्येका कान्छा सन्तानका रुपमा रहेका चेतनले पढाइ गर्नकै लागि धेरै संघर्ष गर्नपर्याे ।
२०६४ सालमा स्थापना भएको उक्त क्याम्पसमा स्ववियुकाे याे तेस्रो निर्वाचन हाे । पहिलाे निर्वाचनबाट तारा प्रसाद पाैडेल, दाेस्राेमा पुर्णबहादुर रावल र याे तेस्रो निर्वाचन हाे । याे निर्वाचनमा आफुले जिते एउटा इतिहास रच्ने नेपाली बताउँछन् ।
`सानै उमेरदेखि समाजसेवा लागें । पछि विद्यार्थी संगठनमा हेर पनि काम गरिरहें,`उनले भने,`२२ वर्षको मैले दलित समुदायबाट सभापति जिते इतिहास रचिनेछ ।´
आफुले निर्वाचन जिते विद्यार्थी र क्याम्पसकाे हकहितमा काम गर्ने उनकाे भनाइ छ ।
`मैले निर्वाचन जितेपछि विद्यार्थी र क्याम्पसकाे हकहितमा काम गर्नेछु, विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिनका लागि क्याम्पससँग सहकार्य गर्नेछु,`उनलेभने, `क्याम्पसकाे गुरुयाेजना निर्माण गरी विद्यार्थीकाे राेजाई विद्यापुर क्याम्पस बनाउने याेजना म सँगछ `
पहिला त्रिभुवन विश्व विद्यालयकाे आंगिक रहेकाे उक्त क्याम्पस २०७५ देखि मध्यपश्चिम विश्वविद्दालय अन्तर्गत छ।
विद्यापुर जनता बहुमुखी क्याम्पसमा व्यवस्थापन र शिक्षा संकाय अध्यापन गराइन्छ । जहाँ ३९२ विद्यार्थी छन् । उनीहरु सबैले स्ववियु निर्वाचनमा मतदान गर्न पाउँछन् । नेकपा माओवादी र नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले तालमेल गरेर निर्वाचनमा हाेमिएका छन् ।

(स्ववियु सभापतिका उम्मेदवार नेपालीसँग गरिएको कुराकानीमा आधारित-सम्पादक )