सुर्खेत : दलित महिला संघ (फेडो) र न्याय तथा अधिकार संस्था नेपाल (जुरी–नेपाल) को सयुक्त आयोजना तथा युएन वुमनको साझेदारीमा पाँच दिने उद्यमशिलता विकासका लागि प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न गरिएको छ । बाँकेको नेपालगन्जमा सम्पन्न भएको तालिममा दलित, विपन्न र सीमान्तकृत महिलाहरुको आर्थिक सशक्तिकरणका लागि दिगोरुपमा आयआर्जन गर्न सहयोग पुर्याउने उद्देश्यले साउन २२ गतेदेखि २६ गतेसम्म तालिम सञ्चालन गरिएको थियो । उक्त तालिममा कर्णाली र सुदुरपश्चिम प्रदेशका सुर्खेत, कैलाली र डोटी जिल्ला अन्तर्गत १० स्थानीय तहबाट महिला पैरवी समुहका सदस्य, स्वयंसेवक गरी २५ जनाको सहभागीता रहेको थियो । तालिममा सहभागीहरुले आ-आफ्नो क्षेत्रको व्यवसाय छनौटगरी व्यवसायिक कार्य योजना समेत तयार पारेका छन् । तालिमको सहजीकरण उद्यमशिलता विकास विज्ञ राजन केसी र सविता कोइरालाले गरेका थिए ।
खुलानजर । २६ श्रावण २०८१, शनिबार २१:३६