सुर्खेत: उच्च अदालत सुर्खेतले तीन वर्षमा २१ सय २५ मुद्दा फछ्र्यौट गरेको छ । आर्थिक वर्ष २०७९-०८० मा ९२२ मुद्दा मध्ये ७६२ वटा, आर्थिक वर्ष ०८० -०८१ मा ९१६ वटा मुद्दा मध्ये ७५४ र आर्थिक वर्ष ०८१ -०८१ को जेठ २० सम्म ७७५ मुद्दा मध्ये ६०९ वटा मुद्दा फछ्र्यौट गरेको हो । जेठ २१ गतेसम्म १६६ वटा मुद्दा फछ्यौट हुन बाँकी रहेको उच्च अदालत सुर्खेतका उच्च अदालत सुर्खेतका कायम मुकायम मुख्यन्यायाधीश कृष्णलाल भट्टराईले जानकारी दिए । उनका अनुसार अघिल्लो वर्ष जिम्मेवारी सरेर आएका १६२ र नयाँ ६१३ गरेर ७७५ वटा मुद्दा हुन् । जसमध्ये १६२ वटा जिम्मेवारी तर्फ र ४४७ नयाँ रहेका मुद्दामा ६०९ वटा फछ्र्यौट भएका छन् । ‘जिम्मेवारी सरेका सबै मुद्दा फछ्र्यौट भएका छन् । फछ्र्यौट लगतका आधारमा ७८.५८ प्रतिशत र ७१२ को लक्षयका आधारमा ८५.५४ प्रतिशत फछ्र्यौट गरेका छौं,’ उनले भने ।
उच्च अदालत सुर्खेतले दिएको सुचना अनुसार बुधबारसम्म ८५ देवानी तर्फका मुद्दामा ६८ फछ्र्यौट, सरकारवादी फौजदारी तर्फका ५४१ मुद्दामा ४१७ फछ्र्यौट, दसनियावादी फौजदारी तर्फका ४४ मध्ये ३८ फछ्र्यौट भएका छन् । त्यसैगरी मुलुकी फौजदारी कार्यविधि संहिताको ७३ नम्बर र २५७ नम्बरका १५२ मुद्दा दर्ता भएका छन् । हालसम्म परेका ९४ रिट निवेदनमध्ये ७६ वटा फछ्र्यौट भएका छन् भने १८ वटा रिट बाँकी रहेकोे अदालतले जनाएको छ ।
उच्च अदालतमा रहेको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०८१-०८२ को जेठ २१ गतेसम्म जबर्जस्ती करणी सम्बन्धि मुद्दा १३१, कर्तव्य ज्यान, सवारी ज्यान, ज्यान मार्ने उद्योग सम्बन्धि मुद्दा १०८ वटा, लागुऔषध सम्बन्धि ७३ वटा, बहुविवाह तथा बालविवाह सम्बन्धि मुद्दा ६१ वटा चोरी सम्बन्धि ४५, वन तथा वन्यजन्तु सम्बन्धि १७, जातीय विभेद र छुवाछुत सम्बन्धि ३१, हातहतियार खरखजना सम्बन्धि ६, मानव बेचविखन तथा ओसारपसार सम्बन्धि ५ र अन्य २०४ मुद्दा दर्ता भएका छन् । उनका अनुसार यस आर्थिक वर्षको अन्त्यसम्म उच्च अदालत सुर्खेतमा एक हजार मुद्दा दर्ता हुने अनुमान गरिएको छ । यस्तै ७१२ वटा मुद्दा फछ्र्यौट गर्ने अनुमान गरिएको छ । थुनुवा भएका मुद्दाहरुमा १७१, १४ जना बालबालिका, दुई जना महिला, ३द्द जना पुरुष गरी ४८ जना रहेका छन् ।
जगतदल जनाला विक । २४ जेष्ठ २०८२, शुक्रबार १९:१२