नेपाल चिकित्सक संघ सुर्खेतको अध्यक्षमा डाक्टर केसी चयन


सुर्खेत: नेपाल चिकित्सक संघ सुर्खेतको अध्यक्षमा हाड जोर्नि विषशेज्ञ डा. विकास केसी निर्विरोध चयन भएका छन् । चिकित्सकहरुको पेसागत हकहितको निम्ती आवाज उठाउदै आएको संघको यो भन्दा अगाडीको दुइ बर्षे कालको लागि बालरोग विषशेज्ञ डा. नवराज केसी अध्यक्षमा निर्वाचित भएका थिए ।
डा।केसीको कार्याकाल सकिएसँगै फेरी दुई बर्षको लागि डा. विकास केसी चयन भएको सल्लाहकार समितिका सदस्य एवं प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्रा.डा. डम्बर खड्काले जानकारी दिए ।
कार्य समितिमा अध्यक्ष डा. विकास केसी, बरिष्ठ उपाध्यक्ष डा. सोजन सापकोटा, उपाध्यक्ष डा. के.एन पौडेल, महासचिव डा. शुसिल समदर्शी, सह सचिव डा. शुभ श्रेष्ठ, कोषाध्यक्ष डा. किशोर विष्ट,सह कोषाध्यक्ष डा. विकास खड्का, सदस्यहरुमा क्रमस,डा. सन्तोष पौडेल,डा. सुवास शर्मा,डा. पदम गिरी, डा.रोशनी खत्री, डा.सुरक्षा सिंङ, डा.नमोबद्ध शाक्य, डा. सुवर्ण भण्डारी रहेका छन् ।
संरक्षक एवं सल्लाहकार समितिमा प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्रा.डा डम्वर खड्का प्रा.डा. केशर ढकाल, डा. रविन खड्का, प्रा.डा. गणेश थापा र सह प्रा.डा.निलम खड्कालाई चयन गरिएको छ ।