कर्णालीका चार मन्त्रीले लिए शपथ

सुर्खेत: कर्णाली प्रदेशका नवनियुक्त चार मन्त्रीले पद तथा गाेपनीयताकाे शपथ लपएका छन् । कांग्रेसकातीन र माओवादीका एक मन्त्रीले बिहीबार शपथ लिएका हुन् ।
नेपाली कांग्रेस कर्णाली प्रदेश सभामा सिनियर नेतालाई `बाइपास´ अन्य नेतालाई सिफारिस गरेकाे भन्दै असन्तुष्ट सांसदले केन्द्रमा गुनासाे गरेपछि शपथ बुधबार हुने भनिएकाे शपथ राेकिएकाे थियाे।
नेपाली कांग्रेस सुर्खेतका सभापति खड्कबहादुर पोखरेलले सामाजिक विकासमन्त्री, जाजरकाेटका पार्टी सभापति बेदराज सिंहले आर्थिक मामिला तथा योजना मन्त्री, दैलेखका पुर्व पार्टी सभापति कृष्णकुमार बिसीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र माओवादीबाट डाेल्पाकी जलस्रोत तथा उर्जा विकास मन्त्री उर्मिला विश्वकर्माले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । विश्वकर्मा यसअघि भाैतिक पुर्वाधार विकास राज्यमन्त्री थिइन । माओवादी र कांग्रेसबिच जलस्रोत र उर्जा विकासलाई छुट्टै मन्त्रालय बनाउने सहमति भएपछि उनले मन्त्रीकाे शपथ लिएकी हुन् ।