कर्णाली प्रदेश सभाको अधिवेशन आव्हान

सुर्खेत : कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन आह्वान गरिएको छ । बिहीबारको मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुखको कार्यालयलाई बैठक आह्वानका लागि पत्र पठाएको छ । प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम जेठ १० गते बुधबार दिउँसो ३ः०० बजे बस्ने गरी अधिवेशन आह्वान गरेका छन् । यो अधिवेशनलाई बजेट अधिवेशनका रूपमा पनि लिइन्छ। दोस्रो अधिवेशनले आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम र बजेट पारित गर्नेछ ।