खेलकुदको विकासका लागि प्रदेश सरकार प्रतिवद्द छ: मन्त्री सिंह

सुर्खेत: कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले खेलकुदको विकासका लागि लगानी गर्न प्रदेश सरकार प्रतिवद्द रहेको बताएका छन् । मंगलबार कांक्रेबिहार क्लवको विशेष साधारण सभा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘खेलकुद र खेलाडीको विकासका लागि प्रदेश सरकार हरदम तयार छ । अस्ती असोज ७ गतेको मन्त्रीपरिषद्को बैठकबाट समेत हामीले शिर्षकगत रुपमा खेलकुदका लागि बजेट बिनियोजन गरेका  छौं,’मन्त्री सिंहले भने, ‘कर्णाली र समग्र नेपाललाई विश्वमा चिनाउन खेलकुदले विषेश भूमिका खेलेको छ ।’ यस्ता क्लवहरुबाट नै राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी उत्पादन हुने भएकोले क्लवलाई सक्षम बनाउन आवश्यक रहेको मन्त्री सिंहको भनाई छ ।


कर्णाली प्रदेश खेलकुद परिषद्का प्रशिक्षक प्रदिप राइले क्लवहरु स्वस्थ र अनुशासित खेलाडी उत्पादन गर्ने थलो भएकोले यस्ता क्लवहरुलाई जोगाउन राज्यले विषेश नीति तथा कार्यक्रम ल्याउन जरुरी रहेको बताए ।
खेलकूद ऐन २०७७ ले प्रशिक्षकको हदबन्दी तोकेका कारण केही वर्षमा ८० प्रतिशत खेलाडी रिटायर्ड हुने र प्रशिक्षकको कमी हुने अवस्था सिर्जना भएको उनले बताए ।
त्यस्तै वीरेन्द्रनगर—६ वडा अध्यक्ष एवं निवर्तमान सुर्खेत फुटबल संघका अध्यक्ष जनक रावलले खेलक्षेत्रमा सुर्खेत र कर्णालीको पहिचानमा कांक्रेबिहार क्लवको महत्वपुर्ण योगदान रहेको बताए ।
त्यस्तै कलवका संरक्षक सुशीलराज शर्माले खेल क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले स्थापना गरिएको क्लवले पहिलो कांक्रेविहार गोल्डकप लगायतका अन्य थुप्रै खेलकुद प्रतियोगिताको आयोजना गरी खेलाडी उत्पादनको कारखाना बनेको बताए । क्लवले विद्यालय र सामुदायिक रुपमा स—साना खेल तथा गतिविधि गरिरहेको छ शर्माको भनाई छ ।
त्यस्तै साधारण सभाको अवसरमा २०३६सालदेखि ५३ सालसम्म सुर्खेतबाट फुटबल खेलेका पूर्व राष्ट्रिय खेलाडी मीनबहादुर थापालाई सम्मान गरिएको छ । उक्त सम्मानले आफुलाई हौसला मिलेको भन्दै क्लवलाई थापाले धन्यवाद दिए ।
त्यस्तै साधारणसभाले रमेश रायमाझीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमित सर्वसम्मत रुपमा चयन गरेको छ । जसको उपाध्यक्ष श्यामकुमार तामाङ्ग, सचिवमा मोहन राना, कोषाध्यक्षमा चन्द्र रेग्मी र सहसचिवमा पवन राना चयन भएका छन् । त्यस्तै सदस्यहरुमा प्रदिप थापा, सुदिप रोका, सुपबहादुर शाही अनमोल भट्टराई रहेका छन् ।
निर्वाचित कार्यसमितिलाई निवर्तमान अध्यक्ष चन्द्रप्रकाश शाहीले बधाइ तथा शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा मंगल श्रेष्ठ नेपाल भलिबल संघ, भुवन थापा तेकान्दो प्रशिक्षक, रामबहादुर बली एथलेटिक्स प्रमुख प्रशिक्षक, रमेश तुलाधर उसु प्रशिक्षक, भुवन सिंह ठकुरी बसिङ्ग प्रशिक्षक,  हेमन्त मल्ल कराते महासंघ कर्णाली प्रदेश अध्यक्ष, टोपेन्द्रजंग शाही नेकान्दो संघ कर्णाली प्रदेश उपाध्यक्ष र सुरेन्द्र बोहोरा जिल्ला एथलेटिक्स संघ उपाध्यक्षसहितको सहभागिता रहेको थियो ।