सुर्खेत : केही समय अगाडी पश्चिम सुर्खेतका नागरिकहरुले केही घटना घटेर मानिसको ज्यान गए पोष्टमार्टम गर्नका लागि लास बोकेर वीरेन्द्रनगर जानुपर्ने बाध्यता थियो । सुर्खेतको पश्चिमी भेगमा पर्ने चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका र बराहताल गाउँपालिकाका नागरिकहरुका लागि स्वास्थ्य क्षेत्रको जटिल समस्याको रुपमा चिनिएको कुरा हो पोष्टमार्टमका लागि लास बोकेर वीरेन्द्रनगर धाउनुपर्ने बाध्यता ।
तर, अहिले कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले २५ लाखको लागतमा पोष्टमार्टम घरको स्थापना गरी आवश्यक जनशिक्तको व्यवस्था गर्दा यो समस्याको समाधान भएको छ । सालकोटमै पोष्टमार्टम हुने भएपछि ऋण गरेर सुर्खेत लिनुपर्ने बाध्यता हटेको पञ्चपुरी–२ सालकोटका युद्ध विकले बताए ।
आत्महत्या, विपद्मा परी र कुनै संकास्पद् मृत्यु भएका कानुन अनुसार त्यसको पोष्टमार्टम गर्न वीरेन्द्रनगर लिनुपर्ने र त्यसका लागि आर्थिक एवं सामाजिक समस्या पर्ने गरेको उनको भनाई छ ।
‘आत्महत्या, कुनै विपद्मा परी र कुनै संकास्पद् मृत्यु भए कानुन अनुसार त्यसको पोष्टमार्टम गनुपर्ने रहेछ । त्यसका लागि वीरेन्द्रनगर लिनुपर्ने, यसरी ल्दिा ऋाण सापटी गर्नुपर्ने र वीरेन्द्रनगर नागरिकहरुले दुःख समेत पाउने गरेका थिए,’उनले भने, ‘अहिले गाउँघरमै पोष्टमार्टम हुनेभएपछि लास बोकेर वीरेन्द्रनगर जानुपर्ने झन्झट हटेको छ ।’
पेष्टमार्टम भवनको उद्घाटन गर्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले पश्चिम क्षेत्रका नागरिकहरुको समस्यालाई मध्यनजर गर्दै यहीं पोष्टमार्टम गर्नेगरी प्रदेश सरकारले पहल चालेको बताए ।
‘विगतमा पोष्टमार्टमकै लागि यहाँका नागरिकहरुले धेरै सास्ती भोग्नुप¥यो । कैयौं घटनाहरुमा हामी सबैले सरसापट गरेर पनि वीरेन्द्रनगर लिएर पोष्टमार्टम ग¥यौं । तर, यो समस्या अब यहाँका नागरिकहरुले भोग्न नपरोस् भनेर यहीं नै पोष्टमार्टम गर्ने व्यवस्था मिलाएका हौें,’मन्त्री बुढाक्षेत्रीले भने, ‘पश्चिम क्षेत्रको स्वास्थ्य समस्याप्रति म धेरै चिन्तित छु ।’
मन्त्री बुढाक्षेत्रीले प्राथमिक स्वास्थ्य केन्द्र सालकोटलाई ५० शैयाको अस्पतालको रुपमा स्तोरउन्नती गर्नका लागि सामाजिक विकास मन्त्रालयले तीन करोड बजेट समेत विनियोजना गरेको जानकारी दिए ।
उनले पश्चिम क्षेत्रको विकासका लागि आफु निरन्तर लागिरहेको र आगामी दिनमा पनि थप पहल र सहयोग गर्ने प्रतिबद्धता जनाए ।
यस्तै पञ्चपुरी नगरपालिका प्रमुख लालबीर भण्डारीले प्राथमिक स्वास्थ्य केन्द्रमा अन्य कुराको बन्दोबस्त भएपनि थप दक्ष जनशक्तिको व्यवस्था गरिदिन मन्त्री बुढाक्षेत्रीलाई अनुरोध गरे ।
उनले सहजै स्वास्थ्य सेवाको पहुँच बढाए पश्चिम क्षेत्रका नागरिकहरुको समस्या समाधान हुने बताए ।
खुलानजर । १८ भाद्र २०७९, शनिबार २०:२५