सिद्धार्थ रिसोटको खानालाई अतिउत्तम वर्गको प्रमाणिकरण

सुर्खेत: कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको सिद्धार्थ शनि रिसोटको खाना अतिउत्तम वर्गको प्रमाणीकरण भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतको अनुगमन टोलीले रिसोटको किचेनको स्थलगत अनुगमन गरेर रिसोटको खानालाई क वर्गको अतिउत्तम स्तर निर्धारण गरी प्रमाणपत्र दिएको हो ।
खाद्य प्रविधि तथ गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख भेष बहादुर थापा सहित खाद्य प्राबिधिक, स्थानिय प्रहरी प्रशासन, उपभोक्ता मंच , नगरपालिकाका प्रतिनिधि सहितको टोलीले सिद्धार्थ होटेलमा खाना तयार पार्दा पालना अपनाएका स्वच्छताका मापडन्डहरुको अनुगमन गरेर अतिउत्तम स्तर निर्धारण गरेको होटेलका प्रबन्धक बद्री कोइरालाले बताए ।
नेपाल सरकार कृषि मन्त्रालयले खाद्य स्वच्छताका आधारमा होटेल , रेष्टुरेन्ट स्तरिकण गर्नका लागि २०७४ मा जारी गरेको निर्देशिका अनुसार अनुगमन टोलीले माघ २२ गते रिसोटको अनुगमन गरेको थियो । खाद्य स्वच्छतामा स्तरिकणका लागि किचेनको सरसफाई र फोहर ब्यस्थापन, किचेनमा खाद्य सामाग्रीको रुपमा प्रयोग हुने खाद्यान्नको उत्पादन भएको, खरिद गरेर ल्याएको र म्याद समाप्त हुने मिति अपडेट भए नभएको , खाद्य सामाग्रीहरु ताजा र बिषादी रहित भए नभएको , खानाका परिकारहरु तयार भए पछि ती खानेकुराहरुलाई तापक्रम निर्धारण गरेर राखे नराखेको , फ्रिज चिलेरहरुको तापक्रम मेन्टेन भए नभएको लगायत ५० वटा सुचांकहरु राखिएको छ ।
अनुगमन टोलीले तिनै सुचांक अनुसार भए नभएको हेरेर होटेल तथा रेष्टुरेन्टहरुलाई सामान्य ,सन्तोषजनक, उत्तम र अति उत्तम गरेर चार तहमा बर्गिकरण गर्ने गरेको छ । सिद्धार्थ शनि रिसोटले ९८ अंक सहित तीन तारा क सहित अति उत्तम स्तरिकरणको बर्गिकरणमा परेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख थापाले बताए ।
सिद्धार्थ ग्रुपले देशै भर रहेको ३० वटा आउटलेटको किचेनको स्वच्छतालाई उच्च प्राथमिकता दिएर पुर्बाधार निर्माण गर्ने देखि किचेनमा काम गर्ने हेल्पर तथा सेफहरुलाई फुड सेफ्टी म्यानेजमेन्टको बिभिन्न चरणको तालिमहरु संचालन गर्दै आएको सिद्धार्थ ग्रुपका क्षेत्रिय प्रबन्धक केशब न्यौपानेले बताए ।
करिब ५० करोड लगानी रहेको सिद्धार्थ शनि रिसोट करिब २१ कठठा क्षेत्रफलमा फैलिएको छ । रिसोटमा ६४ वटा कोठा, साना ठुला गरेर ४ वटा हल छन । करिब ७० जना स्टाफ कार्यरत रहेको सिद्धार्थ होटेलले चार तारे होटेलमा बर्गिकरण हुनका लागि साउना , स्पा र जिम लगायतका सुबिधाहरु थप गर्ने गरि रहेको छ ।
भैरहवा ग्रुपको नेपालगन्जमा चार तारे , भैरहवामा पाच तारे सिद्धार्थ भिलासा, चितबवको सौराहामा लक्जरी रिसोर्ट सिद्धार्थ भिलासा वनवास र चितबन कै चुम्लिङ टारमा सिद्धार्थ रिभर साइट रिसोट लगायत देशका विभिन्न सहरमा सिद्धार्थ गु्रपका रिसोर्ट, कटेज, क्याफेसहित ३० वटा आउटलेट संचालनमा छन् ।